श्रीलङ्कालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा प्रवेश « Khabarhub

श्रीलङ्कालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा प्रवेश


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । एक दिवसीय विश्वकप प्रतियोगितामा आयोजक राष्ट्र भारत सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार श्रीलंकालाई ३०२ रनले पराजित गर्दै भारतले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३५७ रन बनाएको थियो । ३५८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको श्रीलंकाले २० ओभरमा अल आउट हुँदै ५५ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका तर्फबाट एन्जेलो म्याथ्युजले १२, महेश तिक्षणाले १२ र कसुन रजिथाले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३, जसप्रित बुमराह र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनायो । उसका लागि शुभमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस ऐयरले ८२ रन बनाएका थिए ।

बलिङतर्फ श्रीलङ्काका दिलशन मदुशनाकाले ५ विकेट लिए । योसँगै भारत १३ औँ संस्करणको प्रतियोगितामा सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

जारी प्रतियोगितामा ७ खेल खेलेको भारतले सबै खेलमा जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान ओगटेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ९ : ४४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्