यो साताका २० तस्बिर | Khabarhub Khabarhub

यो साताका २० तस्बिर


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुरस्थित महाकाली नदी माथिको चार लेनको पक्की पुल । उक्त पुल निर्माण भएसँगै दोधारा चाँदनी आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । तस्बिर: गोकुल जोशी

गत असारमा आएको बाढीले बगाएको मेलम्ची खानेपानी आयोजनास्थल जाने बाटो डोजरको प्रयोग गरी निर्माण गरिँदै । तस्बिर: विमलबहादुर बिष्ट


चिसोका कारण पानी जमेपछि देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल । समुद्री सतहदेखि चार हजार १९५ मिटर उचाईमा रहेको पञ्चकुण्ड ताल अन्नपूर्ण हिमालको फेदीमा छ । तस्बिर: सन्तोष गौतम


खोटाङ जिल्लाको बराह पोखरी गाउँपालिका- १ स्थित बराह पोखरीमा रहेको खरले छाएको एक घरमा परम्परागत शैलीमा राखिएको मकैको सुली । तस्बिर: हरिराम भेटुवाल

मोरङको झोडाहाटस्थित खुला चौरको छहारीमा पाल बनाइ बसेका चिडिमार समुदाय । घुमन्ते समुदायको रुपमा रहेका यी समुदाय तराईका विभिन्न खुला चौरमा बस्ने गरेका छन् । तस्बिर: विवेक मिश्र


म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटबाट देखिएको धौलागिरि हिमाल र निस्कोट पल्थोक गाउँ । तस्बिर: ध्रुवसागर शर्मा


घोराही उपमहानगरपालिका- १५ स्थित गुम्रा चोकमा उपमहानगरपालिकाको लगानीमा निर्माण गरिएको घोडाको प्रतिमा । तस्बिर : कुलदीप न्यौपाने


म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको नारच्याङ पञ्चकुण्ड तालमा चिसोले हिउँ जमेपछि त्यसमाथि रमाउदै पर्यटक । अन्नपूर्ण हिमालको फेदीमा रहेको पञ्चकुण्ड ताल चिसोका कारण पानी जमेको छ । तस्बिर : सन्तोष गौतम

दाङको घोराही उपमहानगरपालिका-१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी । अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो ४०० मा बिक्री गरिन्छ। तस्बिर : कुलदीप न्यौपान

सुर्खेतको चिङ्गाड गाउँपालिका-४ मटेलामा सुरु भएको ठाँटी मेलामा लहरे नाच (पैसरी नृत्य) प्रस्तुत गर्दै गाउँका बुढापाका । आजदेखि सुरु भएको मेला यही मङ्सिर १५ गते समापन हुनेछ । तस्बिर: सुरेश आचार्य

 दाङको घोराही उपमहानगरपालिका-१४ झिङौरास्थित स्वर्गद्वारी अश्रमको नौं कट्ठा भाडाको जग्गामा रोल्पा माडी १ जवाङका विरेन्द्र खड्काले गरेको स्ट्रबेरी खेती । तस्बिर : कुलदीप न्यौपाने

जाजरकोट भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका-१ रामीडाँडाको सिल्पाचौर गाउँ। भूकम्पले यहाँका अधिकांश घरहरु चर्किएका छन् । तस्बिर: हेमन्त केसी


मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखर रङ्गशालास्थित क्रिकेट मैदानमा जारी ‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर: राधिका कँडेल


१७- मोरङको लेटाङ नगरपालिका-१ स्थित रहेको राजारानी पोखरी । यस स्थानमा धिमाल जातिका राजाको दरबार रहेको भन्ने किंवदन्ती छ । तस्बिर : विवेक मिश्र


म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटमा अवस्थित निस्कोट बराहा ताल र तालमा देखिएको धौलागिरि हिमालको छायाँ । तस्बिर : ध्रुबसागर शर्मा


तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोकस्थित रामबहादुर थापाको बगैँचामा फलेको लटरम्म सुन्तला । थापाले सुन्तला बिक्री गरी वार्षिक रु २५ लाख आम्दानी गर्दै आउनुभएको छ । तस्बिर : कृष्ण न्यौपाने

चितवनको माडी खैरहनीस्थित चक्रतीर्थ धाममा स्थापना गरिएको नेपालकै ठूलो चक्रशिला । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला हरिबोधनी एकादशीका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा राखिएको छ । तस्बिर: कृष्ण आचार्य

 

 

खानेपानी मन्त्री महिन्द्रराय यादव आज सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजनाको अनुगमन गर्न जाने क्रममा खोला तर्दै । तस्बिरः विमलबहादुर बिष्ट

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ थर्पुमा रहेको डिग्रे शाइकुमारी मन्दिरमा सोमबार मेला भर्न आएका दर्शनार्थीहरु । हरिवोधनी एकादशीदेखि शुक्ल पुर्णिमासम्म यस मन्दिर परिसरमा मेला लाग्दछ । तस्बिरः बलबहादुर ओली

तस्बिर: रासस

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ६ : ५४ बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई