अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक  « Khabarhub

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। श्रमिकको हक, अधिकार र योगदानको सम्मानमा यो दिवस मनाइन्छ । तर, नेपालका अधिकांश श्रमिक भने अझै पनि आधारभूत अधिकारबाटै वञ्चित छन्।

नेपालमा ८० प्रतिशतभन्दा बढी श्रमिक अनौपचारिक क्षेत्रमा आबद्ध छन्। निर्माण, कृषि, यातायात, घरेलु काम लगायतका क्षेत्रमा कार्यरत यी श्रमिकहरू कुनै स्पष्ट श्रम सम्झौता, सामाजिक सुरक्षा वा बीमाको सुविधा बिना काम गर्न बाध्य छन्।

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूका लागि कामको निश्चित समय, न्यूनतम ज्याला र सुरक्षित कार्यस्थल अझै सुनिश्चित हुन सकेको छैन। दैनिक ज्यालामा काम गर्नेहरू काम पाए मात्र आम्दानी हुने भएकाले उनीहरूको जीवनयापन अनिश्चित छ।

थापाथलीस्थित सुकुम्बासी भत्किएपछि किर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएकी ५५ वर्षीय गीता लामा दैनिक छाक टार्न साबेल चलाउँदै छिन्। 

‘अस्ति सम्म सुकुम्बासी मै भए पनि आफ्नै घर थियो, अहिले त्यो पनि छैन, हामी दैनिक ज्याला मजदुरी गर्नेहरूलाई काम पाउन गार्‍हो छ, काम पाए पनि शारीरिक रुपमा गर्न नसकिने हुन्छ । दैनिक १ हजार ज्यालामा काम गर्नु पर्छ,’ उनले भनिन् ‘महँगी बढेको छ, खाना पर्यो, लगाउन पर्यो त्यो १ हजारले दैनिकी चलाउन पनि मुस्किल छ ।’

सुकुम्वासी बस्तीबाटै होल्डिङ सेन्टरमा बस्दै आएका विजय मगरको पनि उस्तै अवस्था छ । 

‘अहिले दैनिक कमाईले जीवन चलाउन मुस्कान छ, दैनिक कमाई थोरै छ, महँगी बढेको बढ्यै छ। सार्वजनिक बस चड्यो उस्तै महँगो भाडा छ, बजारमा केही सस्तो छैन, दैनिक १ हजार कमाइ हुन्छ, सँधै काम पाइँदैन,’ उनले भने।

बिहान कामको खोजीमा निस्किने र साँझ हातमा परेको ज्यालाले घर चलाउने बाध्यता गीता लामा र विजय मगरको मात्र होइन, अझै पनि हजारौं श्रमिकको यथार्थ हो। काम नपाएको दिन उनीहरूलाई पेट पाल्नै समस्या छ।

कुलेश्वर फलफूल बजारमा भारी बोक्दै आएका सल्यानका टेकबहादुर सुनार र वीरबहादुर बस्नेतको अवस्था पनि उस्तै छ । दैनिक भारी बोक्ने उनीहरू, काम नभएको दिन खाली हात हुन्छन् , थोरै कमाईले परिवारको लालनपालन, शिक्षालगायत सबै जिम्मेवारी पूरा गर्नुपर्ने कर्तव्य उनीहरूको काँधमा छ । त्यसैले उनीहरूलाई यो दुःखले छाडेको छैन ।

न्यूनतम ज्याला, सामाजिक सुरक्षा र बीमा पहुँचबाहिर
 
न्यूनतम ज्याला व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। विशेषगरी निर्माण र साना उद्योग क्षेत्रमा श्रमिकहरूले तोकिएको भन्दा कम पारिश्रमिक पाउने गरेका छन् । श्रमिक संगठनहरूले बारम्बार आवाज उठाए पनि कार्यान्वयन कमजोर देखिन्छ ।

सामाजिक सुरक्षा कोषमा पनि अनौपचारिक क्षेत्रका धेरै श्रमिक आबद्ध हुन सकेका छैनन्।अस्थायी रोजगारी, जानकारीअभाव र नियोक्ताको बेवास्ता यसका मुख्य कारण हुन्। जसले दुर्घटना, बिरामी वा बेरोजगारीको अवस्थामा श्रमिकहरू असुरक्षित रहन्छन्।

त्यसका साथै महिला श्रमिकहरू घरेलु काम, कृषि तथा साना उद्योगमा न्यून पारिश्रमिक र दोहोरो श्रमको मारमा छन्। यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका वा देशभित्रै बसाइँ सरेका श्रमिकहरू पनि अस्थिर रोजगारीको चक्रमा फसेका छन्  ।

श्रमिकको अधिकार कागजमै सीमित छ ।  श्रमिकहरू संगठित भएर आवाज उठाउन नसिक्नु पनि अर्को चुनौति हो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा औपचारिक कार्यक्रम र नाराभन्दा बाहिर निस्केर श्रमिकहरूको वास्तविक समस्या समाधानतर्फ ठोस पहल आवश्यक देखिन्छ। 

श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थल सुनिश्चित नगरी समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने विज्ञहरू बताउँछन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १२ : २६ बजे

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८