आज हामी गीतकार इन्द्र थपलियाको बारेमा चर्चा गर्दैछौं। इन्द्र थपलियालाई उनका समकालीन मित्रले जिस्केर कोही कोही ‘थप्पु थप्पु’ भन्ने गर्दथे। तर अम्बर गुरुङले ‘मित ज्यू’ भन्थे।
‘मित ज्यू’ अम्बर गुरुङलाई इन्द्र थपलियाले ठुलो गुन लगाएका छन्। त्यो हो अम्बर गुरुङको एउटा अजर अमर रचना ‘सम्हालेर राख सम्हालेर राख’ गीतलाई गाउने गायिका शान्ति ठटाललाई मित ज्यू इन्द्र थपलियाले मित ज्यु अम्बर गुरुङसँग चिनाइदिए। इन्द्र थपलियामार्फत नै शान्ति ठटाल अम्बर गुरुङको सङ्गीतमा गीत गाउन पुगेकी थिइन्। यो एउटा ऐतिहासिक घटना हो।
‘सम्हालेर राख सम्हालेर राख’ गीतलाई गाउने गायिका शान्ति ठटाललाई इन्द्र थपलियाले मित ज्यु अम्बर गुरुङसँग चिनाइदिए। इन्द्र थपलियामार्फत नै शान्ति ठटाल अम्बर गुरुङको सङ्गीतमा गीत गाउन पुगेकी थिइन्।
त्यसैगरी वरिष्ठ चलचित्र निर्देशक एवम् साहित्यकार चेतन कार्कीले मन पराएका अम्बर गुरुङका तीन गीतहरू छन्। एउटा गीत चलचित्र ‘जीवन रेखा’को ‘हाँस्ने रहरहरू आँसुमा डुबेछन्।’ अर्को गीत अगमसिंह गिरीको रचनामा अम्बर गुरुङको सङ्गीतमा ‘नौ लाख तारा उदाएछन् ।’ यी दुई गीत जत्तिकै चेतन कार्कीले अम्बर गुरुङको अर्को एउटा मास्टर पिस गीत हो भनेर भनेका छन्। त्यो हो ‘डाडाँपारी हिउँ परेछ डाडाँवारी पानी एक चरण गीत सुनाइदेऊ मेरी दिलकी रानी।’ अम्बर गुरुङले लोक लयमा गाएको यो गीतका गीतकार हुन् उनकै मित ज्यू इन्द्र थपलिया।
धेरै वर्षपछि इन्द्र थपलियाको रचनाको अर्को गीत सुन्ने मौका मिल्यो शान्ति ठटालको सङ्गीतमा सिक्किम निवासी गायिका विमला सेन्चुरी प्रधानको स्वरमा ‘तारा खस्यो नि बरिलै दाइको ओठमा’ इन्द्र थपलिया नभए पनि उनको यो गीत सुन्दा उनका सम्पूर्ण जीवनीहरू स्मृतिमा आए।
जीवनभर अविवाहित रहेका थपलिया अम्बर गुरुङ, रञ्जित गजमेर, कर्म योञ्जन, शान्ति ठटाल, पिटर जे. कार्थक सबैका साथमा थिए। थपलियाले दार्जिलिङबाट बनेको पहिलो नेपाली कथानक चलचित्र ‘परालको आगो’मा पनि गीत लेखे।
उनका समकालीन जितेन्द्र बर्देवा, अम्बर गुरुङ, नवीन बर्देवाको चर्चा लेखिन्छ, पढिन्छ तर उनको चर्चा छैन। थपलियाले दार्जिलिङबाट बनेको पहिलो नेपाली कथानक चलचित्र ‘परालको आगो’मा गीत लेखे।
थपलियाका गीतका केही विशेषता छन्। सामान्य शब्दमा गाउँको बोलीमा उनले लेख्ने गीतहरूमा नेपाली पन झल्किन्थ्यो। त्यो उनको विशेषता हो। उनका बारेमा धेरै लेखिएको पाइँदैन। यद्यपि उनका समकालीन जितेन्द्र बर्देवा, अम्बर गुरुङ, नवीन बर्देवाको चर्चा लेखिन्छ, पढिन्छ तर उनको चर्चा छैन।
शान्ति ठटालले एक अन्तरवार्तामा भनेकी छन्, ‘रवीन्द्र नाथ टेगोरद्वारा स्थापित विश्व निकेतनमा पढेर आइसकेपछि म गीत खोजेर हिँडेको थिएँ। इन्द्र दाजुले नै मलाई अम्बर गुरुङकोमा लगिदिनुभयो। अम्बर गुरुङको सङ्गीतमा मैले मैले एउटा गीत सुनेँ। मलाई मन परेन।’ मैले बाहिर आएर इन्द्र दाजुलाई ‘यो गीत मन परेन’ भनेँ। फेरि इन्द्र दाजुले म मित ज्यूलाई भन्छु र अर्को गीत सङ्गीत गरिदिनु भनेपछि अर्को गीत ‘सम्हालेर राख, संगालेर राख’ शान्ति ठटालको स्वरमा रेकर्ड भयो। शान्ति ठटाललाई त्यही गीतमार्फत् नेपाली जनसमाजले गायिकाको रूपमा चिन्यो । त्यसपछि उनले ‘धुन सजाउला’, मेरो दुखी मन’ विभिन्न गीत अम्बर गुरुङको सङ्गीतमा गाइन्। तर शान्ति ठटाल आफै एक कुशल सङ्गीतकारका रूपमा प्रकट भइन। सौभाग्यले उनी नेपाली चलचित्रको प्रथम महिला सङ्गीतकारको रूपमा आज पनि परिचित छन्।
पिटर जे. कार्थक लेख्छन्, ‘इन्द्र थपलिया र अम्बर गुरुङले मित लगाएका थिए, मितेरी सम्बन्ध सात पुस्तासम्म कायम रहन्छ भन्ने विश्वास गरिन्छ। मितले आफ्नो मितको नाम काढ्नु हुँदैन। यसैले उनीहरू एकले अर्कोलाई मित भन्छन्।’
पिटर जे. कार्थक लेख्छन्, ‘इन्द्र थपलिया र अम्बर गुरुङले मित लगाएका थिए, मितेरी सम्बन्ध सात पुस्तासम्म कायम रहन्छ भन्ने विश्वास गरिन्छ। मितले आफ्नो मितको नाम काढ्नु हुँदैन। यसैले उनीहरू एकले अर्कोलाई मित भन्छन्। इन्द्र थपलिया फरासिला थिए। अम्बर गुरुङको आर्ट एकेडेमी अफ म्युजिकमा म जस्ता युवा सदस्यसँग उनी साथी जस्तो व्यवहार गर्थे। हामी उनलाई ‘थप्पु’ भन्थ्यौँ। उनलाई फूल नाम मनपथ्र्यो। पातला ख्याउटे गालाका अग्ला इन्द्र, सेन जस्ता काउब्वाइज फिल्मका खलनायक ज्याक प्यालेन्स जस्तै देखिन्थे। त्यसैले हामी उनलाई ज्याक प्यालेन्स पनि भन्थ्यौँ। इन्द्र थपलिया र गोपाल योन्जन दुवै ह्यापी भ्याली चिया बगान भन्दामाथि हुकर रोड भिक्योटिया योगका वनस्पतिविद् सर जसेफ हुकरको सम्झनामा नामाङ्कन गरिएको सडकमा बस्थे। उनीहरू आर्ट एकेडेमीमा रेष्टुरेन्टमा क्लबमा मुभी हलमा जहाँ पनि सधैँ सँगै हुन्थे। यी दुई अग्रजले नै हो मलाई ठाडो घाँटी लगाएर मलाई सिधै रक्सी खान सिकाएका। सन् १९६३ मा लोकमनोरञ्जन शाखाले चिया बगानका मानिसका लागि साङ्गीतिक कार्यक्रम गरेका बेला बदामतान चिया बगानमा उनीहरूले मलाई यसरी रक्सी खान सिकाएका थिए। उनीहरूले मलाई साँझको सो सुरु हुनै लाग्दा चियाका झाडी बिचमा बसेर कोदोको तीन पाने बोतल दिएका थिए। थपलियाले जुन गीत र भाका सुने त्यसलाई सङ्कलन गरेर क्युरेट गरे।’
अम्बर गुरुङ पश्चिम बंगाल सरकारको लोक मनोरञ्जन शाखाका सङ्गीत प्रमुख भएका बेला थपलिया र गोपाल योञ्जनले अम्बर गुरुङसँगै काम गरेका थिएँ। इन्द्र थपलियाले अम्बर गुरुङसँग सिर्जनात्मक कार्य गरेर उनका गीत लेखेर। हामीसँगै काम गरेको बेला इन्द्र थपलियाले ‘सिरीमा सिरी हावा चल्यो’ भन्ने गीत लेखेका थिए। सङ्गीत मनीषी अम्बर गुरुङले गोर्खा दुःख निवारण संघको हलमा यो गीत गाउँदा यसले उधुम मच्चाएको थियो। ‘डाँडा पारी हिउँ परेछ डाँडा वारी पानी’ भन्ने गीत पनि इन्द्र थपलियाले लेखेका हुन्। जसलाई अम्बर गुरुङले सङ्गीत दिएका थिए। सन् १९७० मा यो गीत रेडियो नेपालमा रेकर्ड भएको थियो। धेरै पछि इन्द्र थपलियाले ‘परालको आगो’ फिल्मका लागि गीत लेखे। जुन फिल्ममा शान्ति ठटालले सङ्गीत गरेकी थिइन।’
अम्बर गुरुङ पश्चिम बंगाल सरकारको लोक मनोरञ्जन शाखाका सङ्गीत प्रमुख भएका बेला थपलिया र गोपाल योञ्जनले अम्बर गुरुङसँगै काम गरेका थिएँ।
इन्द्र थपलियाको विषयमा कार्थक थप्छन्, ‘पछि थपलियाले दार्जिलिङको हुकर रोड छोडे। बुढो हुँदासम्म अविवाहित रहेका थपलिया आफ्नो दिदी भिनाजुसँग बस्न थाले। उनका भिनाजु सरकारी हाइ स्कुलमा पढाउथेँ। भिनाजुले स्कुल हातामा बस्ने क्वाटर पाएपछि उनीहरू हुकर रोड छोडेर लुइछाने टोरीयम इलाकामा गए। गोपाल योन्जन काठमाडौँ जानलाई चाँडै दार्जिलिङ छोड्ने वाला थिए। त्यस्तै हामी पनि काठमाडौँ जान लागेका थियौँ। सङ्गीतकारको यसरी बसाइँ सराइको उत्कर्ष थियो। अम्बर गुरुङलाई तत्कालीन राजा महेन्द्रद्वारा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका लागि नेपाल बोलाए। तर इन्द्र थपलियाले काठमाडौँ या अन्त काहीँ पनि जाने विचार गरेनन्। उनको मुटु र आत्मा दार्जिलिङमा बसेको थियो। उनको सङ्गीत समुदाय पनि त्यही थियो। जसमा शान्ति ठटाल, शरण प्रधान, जितेन्द्र बर्देवा, अरुणा लामा, कुमार सुब्बा थिए। जसले टिस्टा संगीतको पानीढलोमा बस्न र काम गर्न रुचाए। उनीहरू अगमसिंह गिरीको आह्वानसित बफादार निस्किए ।’
अगमसिंह गिरीको आह्वान भनेको उनको एउटा गीत छ, ‘नजाऊ फर्की नेपाल उठेर भन्छ देउराली’ अम्बर गुरुङले सङ्गीत गरेर गाएको यो गीत पुष्प नेपालीले लेखेको गीतको प्रति उत्तर थियो भनिन्छ। ‘फर्क हे फर्क नेपाली तिमीलाई डाक्छ हिमाली’ यताबाट पुष्प नेपालीले लेखेर यो गीत रेकर्ड भयो। यही गीतको प्रति उत्तरमा अगमसिंह गिरीले त्यो गीत लेखेका हुन्।
इन्द्र थपलिया नेपाली सङ्गीत आकाशमा एक ‘अनसङ’ हिरो हुन्। उनको चर्चा हुनु जरुरी छ। अम्बर गुरुङका मित इन्द्र थपलिया नेपाली सङ्गीत आकाशका एक मिथ नै भएर बसेका छन्।
इन्द्र थपलियाको बारेमा अन्त्यमा पिटर जे. कार्थक थप लेख्छन्, ‘इन्द्र थपलियाले आफ्नो भाग्यको कौडा दार्जिलिङ नामको खालमा हान्नु नै सन्तोष माने।’ आज हामी इन्द्र थपलियालाई एक गीतकार, एक लोक गीत संकलक सङ्गीतका गुरुको रूपमा चिन्छौँ। उनको रचनाका गीतहरू शान्ति ठटाल, अम्बर गुरुङले सङ्गीत गरेका छन्। पछिल्लो पुस्ताका गायिकाले पनि गाएका छन्। विमला सेन्चुरी प्रधानले ‘तारा खस्यो नि बरिलै’ गाएकी छन्। रिमला मुक्तानले पनि गाएकी छन्। दावा ग्याल्मो र साथीहरूले पनि गाएका छन्।
इन्द्र थपलिया नेपाली सङ्गीत आकाशमा एक ‘अनसङ’ हिरो हुन्। उनको चर्चा हुनु जरुरी छ। अम्बर गुरुङका मित इन्द्र थपलिया नेपाली सङ्गीत आकाशका एक मिथ नै भएर बसेका छन्।
प्रतिक्रिया