मोरङ-कटहरी सडकको निर्माण कार्य पुनः शुरु | Khabarhub Khabarhub

मोरङ-कटहरी सडकको निर्माण कार्य पुनः शुरु


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरङ- कटहरी सडक खण्डको हुलाकी सडकको निर्माण कार्य रोकिएको एक वर्ष पछि पुनः शुरु भएको छ ।

निर्माण कार्य रोकिएको लामो समय पछि सुरु भएको सडक खण्डको निर्माण समयमा सकिने स्थानीयहरुले बताएका छन् । हुलाकी राजमार्गको अन्य क्षेत्रमा निर्माण कार्य भइरहँदा यो सडक खण्डको ठेकेदारले भने काम नगरेर अलपत्र पारेको भन्दै स्थानीयले चक्काजाम र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम समेत गरेका थिए । 

२०७६ कार्तिक २४ गते काठमाण्डौको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले तीन वर्षा काम सक्ने गरी सो सडक खण्डको ठेक्का पाएको थियो । तोकिएको समयमा काम सम्पन्न नगरेपछि म्याद थप गरिएकोमा श्रेष्ठ कन्स्ट्रक्सनले अर्को ठेकेदारबाट काम गराइरहेको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले दिएका छन् ।

आगामी वैशाख सम्ममा काम सक्ने गरी नयाँ ठेकेदारले काम गरिरहेको र अहिले सडक छेउछाउमा नाला बनाउने कार्य सुरु भएको छ । विगत ३ वर्षा सो सडक खण्डको करिब २५ प्रतिशत मात्र काम सम्पन्न भएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले जनाएको छ ।

 २०७९ कार्तिक मसान्त सम्ममा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो सडक खण्डको लागत करिब ८४ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ६ : ०१ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी