फिदिममा किरात गोल्डकप सुरु | Khabarhub Khabarhub

फिदिममा किरात गोल्डकप सुरु


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

पाँचथर – नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा किरात गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मन्त्री शमसेर राईले गरे । फिदिम बजारमा रहेको फिदिम माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदानमा सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका छवटा, काठमाडौँको एक र भारतको एक फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा आयोजक पाँचथर फुटबल क्लब, मितेरी फुटबल क्लब तेह्रथुम, डिएफसी मोरङ, रेडहर्स फुटबल क्लब इलाम, बिर्तामोड युनाइटेड क्लब झापा, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, हिमालयन शेर्पा क्लब काठमाडौँ र भारतको दार्जिलिङस्थित युनाइटेड फुटबल क्लब सहभागी छन् ।

प्रतियोगिताको विजेताले रु चार लाख चार हजार चार सय ४४ सहित ट्रफी र मेडल तथा उपविजेताले रु दुई लाख दुई हजार दुई सय २२ प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई रु पाँच हजार र मेडल तथा प्रतियोगिताका विधागतरूपमा उत्कृष्ट खेलाडीले पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए।

आज भएको खेलमा आयोजक पाँचथर फुटबल क्लब विजयी भएको छ । मितेरी फुटबल क्लब तेह्रथुमलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १० : ३७ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड