फिदिममा किरात गोल्डकप सुरु « Khabarhub

फिदिममा किरात गोल्डकप सुरु


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

पाँचथर – नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा किरात गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मन्त्री शमसेर राईले गरे । फिदिम बजारमा रहेको फिदिम माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदानमा सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका छवटा, काठमाडौँको एक र भारतको एक फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा आयोजक पाँचथर फुटबल क्लब, मितेरी फुटबल क्लब तेह्रथुम, डिएफसी मोरङ, रेडहर्स फुटबल क्लब इलाम, बिर्तामोड युनाइटेड क्लब झापा, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, हिमालयन शेर्पा क्लब काठमाडौँ र भारतको दार्जिलिङस्थित युनाइटेड फुटबल क्लब सहभागी छन् ।

प्रतियोगिताको विजेताले रु चार लाख चार हजार चार सय ४४ सहित ट्रफी र मेडल तथा उपविजेताले रु दुई लाख दुई हजार दुई सय २२ प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई रु पाँच हजार र मेडल तथा प्रतियोगिताका विधागतरूपमा उत्कृष्ट खेलाडीले पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए।

आज भएको खेलमा आयोजक पाँचथर फुटबल क्लब विजयी भएको छ । मितेरी फुटबल क्लब तेह्रथुमलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १० : ३७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा