विश्व इतिहासमा आजः अमेरिकाद्वारा क्युबासँग सम्बन्ध तोडेको घोषणादेखि नासाको यान मंगल ग्रहमा « Khabarhub

विश्व इतिहासमा आजः अमेरिकाद्वारा क्युबासँग सम्बन्ध तोडेको घोषणादेखि नासाको यान मंगल ग्रहमा


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२३ को ३ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रमः

अमेरिका र रसियाबीच आणविक सन्धिमा हस्ताक्षर

सन् १९३३ मा अमेरिका र रसियाबीच आणविक सन्धिमा हस्ताक्षर भएको थियो। आणविक हतियारलाई ३ हजारमा झार्ने विषयमा अमेरिका र रसियाबीच स्ट्राटेजिक आम्स रिडक्सन ट्रिटी (एसटीएआरटी) मा हस्ताक्षर भएको थियो।

अमेरिकाद्वारा क्युबासँग सम्बन्ध तोडेको घोषणा

सन् १९६१ को ३ जनवरीमा अमेरिकाले क्युबासँगको कूटनीतिक सम्बन्ध तोडेको थियो। सन् १९६१ को अप्रिलमा बे अफ पिग्समा अतिक्रमण सुरु गरेर अमेरिकी सरकारले क्युबाको तत्कालिन शासकलाई पदच्युतको असफल प्रयास गरेको थियो।

रुसबाट अमेरिकाले किनेको भूभाग अमेरिकाको ४९ औं राज्य

सन् १९५९ मा अलास्का अमेरिकाको ४९ औं राज्य बनेको थियो। सो क्षेत्रलाई अमेरिकाले सन् १८६७ मा ७२ लाख डलरमा किनेको थियो।

नासाको यान मंगल ग्रहमा

सन् २००४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाको मार्स एक्सप्लोरेसन रोभर स्पिरिट मंगल ग्रहमा अवतरण गरेको थियो। मंगल ग्रहको सतहको रसायनिक तथा भौतिक बनौटबारे रोभरले अध्ययन गरेको थियो।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ६ : २१ बजे

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार