अब पोखरासँगै गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्छौ | Khabarhub Khabarhub

अब पोखरासँगै गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्छौ

‘प्रदेश र संघीय सरकारमा आएका युवाहरुबाट सहयोग हुने आशा छ’


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

पोखरालाई प्रमुख पर्यटकीय र व्यवस्थित सहरका रुपमा स्थापित गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै पोखरा लगायत गण्डकी प्रदेशको पर्यटनले काँचुली फेर्ने धेरैको विश्वास छ। अब विदेशबाट सोझै पोखरा आउने विदेशी पर्यटकले पोखरासँगै गण्डकी प्रदेशका अरु जिल्लाका पर्यटकीय क्षेत्रमा पनि बाक्लो चहलपहल र व्यापार, व्यवसाय बढ्ने अपेक्षा गर्नु स्वभाविक हो। तर अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जति सहज देखिएको छ, त्यो भन्दा बढी चुनौति छ । त्यससँगै गण्डकी प्रदेशको पर्यटन विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवालाबीचको सम्बन्ध र सहकार्य पनि बलियो हुन आवश्यक देखिन्छ । जसको नेतृत्व अहिले नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टूर एजेन्ट्स (नाट्टा)को गण्डकी प्रदेश समितिले गरिरहेको छ । पोखराको पर्यटन, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, गण्डकी प्रदेशको पर्यटनले अब पाउने पहुँच लगायतका विषयमा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंशः

पोखरा पहिलेभन्दा अहिले केही सुधार र व्यवस्थित हुन थालेको देखियो, तादम्यता कसरी मिलिरहेको छ ?
पर्यटन व्यवसाय संयुक्त व्यवसाय जस्तै हो । पर्यटकका लागि होटल, टूर एण्ड ट्राभल कम्पनीसँग सडकदेखि धेरै कुराको व्यवस्थापन भयो भने मात्रै सहज हुन्छ । पहिलेको पोखरा र अहिलेको पोखरामा आएको परिवर्तन पनि त्यही हो ।

प्रदेश सरकार बनेपछि पोखराको पर्यटन व्यवस्थापमा सहयोग पुगेको देखियो हो ?
पर्यटनमा हामी व्यवसायीले चाहेर पनि सरकारले व्यवस्थापन गरिदिएन भने विकास हुँदैन। जस्तो अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै लागि अहिले खुलेको भनेको श्रम कार्यालय हो । अहिले वैदेशिक रोजगारीमा जानेलाई छोड्न उसको परिवारका मानिसहरू काठमाडौँ पुगेका छन् । हाम्रो लक्ष्य भनेको विदेश जाने आफन्तलाई बिदा गर्न काठमाडौँ जाने मान्छेलाई पोखरा ल्याउने हो । त्यो वातावरण हामी बनाइरहेका छौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यो ढोका अब खुलेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरु त भयो, अब सञ्चालनमा पनि चुनौति होला नि ?
त्यसको व्यवस्थापन हामीले गर्ने हैन सरकारले गर्नु पर्दछ । र, सम्बन्धित निकायहरूले गर्नु पर्याे । नेताहरूमा पदको लोभ र त्यसमा पनि ब्युरोक्रेसीको महत्वपूर्ण भूमिका हुन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेर चाबी हस्तान्तरण गरेको नै ६ महिना भन्दा बढी भइसक्यो । चिनियाँ चर्को ब्याज उसले लिन थालिसक्यो । पूर्वाधार भएर पनि प्रयोग भएन भने त्यसको महत्व रहँदैन । त्यसैले राज्यले विशेष ध्यान दिनु पर्दछ । अन्तर्राष्ट्रिय विमानस्थलमा त बाहिरको लागि हो । विदेशी पर्यटक आउने हो । विश्वका जुनसूकै देशबाट उडेको विमान पनि अब पोखरा आउन सक्ने हुनुपर्छ । त्यो बनाउनुपर्छ । नत्र घरेलु बनाउँदा नै हुन्थ्यो नि । सबैले आफ्नो लागि सोचेको छ, देशको लागि सोचेको छैन । अब देशको लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सोच्न ढिला गर्नुहुन्न ।

अब पोखरासँगै गण्डकी प्रदेशको पर्यटन विकासका लागि के गर्नुपर्ला ?
हामीसँग सम्पर्कमा रहेका ११ वटा जिल्ला छन् । त्यसमा हामी अब घरेलुबाट सुरु गर्नु पर्दछ भनेर लागेका छौँ । अहिले स्थानीय सरकार भएर पनि केही हदसम्म सहयोग भएको छ । पहिला हामी आन्तरिक पर्यटकलाई सहयोग गर्छौँ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्छौ । त्यसमा योजना बनाएर मिडिया लगायत लिएर पर्यटकीय स्थलहरूमा जान्छौँ । नेपालमा धेरै लोकप्रिय ठाउँहरू छन् । ती सबैको संरक्षण गर्नु पर्दछ । हामीले सही रूपमा हाम्रा स्रोत, सम्पदा र पर्यटकीय स्रोतहरूलाई संरक्षण गरेनौँ भने भावी पुस्तामा केही ज्ञान हुँदैन।

यसका लागि सरकारले के गर्नुपर्ला ?
नेपाल भनेको हरेक देशको मानिसले एउटा पर्यटकीय क्षेत्रले भरिपूर्ण देशका रुपमा बुझेका छन् । यसको लागि सरकारले एउटा नीति नै ल्याउनु पर्याे । पोखरामा आउने धेरै पर्यटकहरु शुक्रबार आने र शनिबार घुम्ने र आइतबार फर्किने चाहाना हुन्छ । फ्लाइटमा पनि अरुलाई तीन घण्टा लाग्छ । अहिले हाम्रो बाटो पनि राम्रो बनेको छैन । मान्छे आउँदा बसमा दिन भरी लाग्ने, थकाई लाग्ने हुँदा मान्छे आउन मान्दैनन् । अहिले धेरै भत्ताहरू राज्यले दिएको छ । कम्ती घुम्नका लागि पनि विशेष प्याकेजको घोषणा अब सरकारले नै गर्नुपर्छ । एउटा पर्यटक आएर रुममा बस्यो भने र उसले तीन हजार रुपैयाँ तिर्याे भने उसले तिरेको १३ प्रतिशत त राज्यलाई राजश्व जाने हो । अहिले सरकारमा युवाहरू आएका छन् । उनीहरूले भनेको र बोलेको जस्तै गरे भने राम्रो विकास हुन्छ । पुराना नेताबाट केही भएन।

गण्डकी प्रदेशका नयाँ पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धनका लागि के गर्नुपर्ला ?
पर्यटकले दोहोरिएर एउटै ठाउँ हेर्न रुचाउँदैनन् । त्यसैले हिजो हामीले देखेको पोखरा आज पर्यटकले हेर्न रुचाउँदैनन् । कुनै नयाँ आकर्षक ठाउँ आउँदा पुरा ठाउँ ओझेलमा परे । त्यो हामीले व्यवस्थापन गर्नु पर्दछ । विश्वको जुन सुकै ठाउँमा पनि सेलिब्रेटी आउनु भनेको एउटा विज्ञापन जस्तो पनि हो । मान्छेहरू रमाइलो गर्न र घुम्न आउने हो, त्यसैले राज्यले होटेल बनाइदिनु पर्दैन। गाडी किन्नु पर्दैन, व्यवस्थापन गर्दिए मात्र हुन्छ । हामीले एयरपोर्ट बनायौँ, अब त्यसलाई राज्यले अन्तर्राष्ट्रिकरण गर्नुपर्छ । राज्यले हामीलाई सुविधा दिन सक्नु पर्छ ।

पोखरासँगै फेवाताल अतिक्रमण भएको सुनिन्छ, संरक्षणका लागि किन प्रयास नभएको ?
केही हदसम्म फेवातालमा अतिक्रमण भएको देखिन्छ । तर अब हुने ठाउँ छैन । किनभने तालमा घर बनाउन मिल्दैन, त्यसको लागि एउटा राजनीतिक दबाब पनि चाहिने रहेछ । अहिले बनेको संरचना बन्यो अब बन्नु भएन भनेर राज्यले मौजुदा बनाउनु पर्याे । राज्यले ट्याक्स बनाई दिनु पर्याे । आज पोखरामा बनेका ९० प्रतिशत संरचनाको राजश्व राज्यलाई जाँदैन । फेवातालको साइज अब घट्दैन । पहिला बस्ती थियो । ताल थिएन मानिसहरू हिँडेर नै मन्दिर जाने आउने गर्दथे । त्यहाँ ड्याम बनाएपछि ताल भएको हो । त्यसैले तालको गहिराई कम भयो होला । तर साइज कम नहोला । अब संरक्षण गर्नुपर्छ । राज्यले ताल संरक्षणको लागि योजना बनाएर काम गर्नुपर्छ ।

पोखरासँगै गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि थप के गर्दै हुनुहुन्छ ?
अब चाँडै नै सरकारसँग मिलेर हामी उद्यमी सम्मेलन गर्ने तयारीमा छौँ । चितवनको अहिले सौराहमा बस्ती भइसक्यो । हाम्रा नेपाल भरीका धेरै पर्यटकीय क्षेत्रहरू ओझेलमा परेका छन् । हामीले जति प्रयास गरे पनि पर्यटकीय स्रोतलाई जनमानसमा पुर्याउन त मिडियाको हात र साथ चाहिन्छ । त्यसैले मिडिया, सरकार, सरोकावाला र निजी क्षेत्र सबै मिलेर गण्डकी प्रदेशका पर्यटकीय क्षेत्र प्रवर्द्धनका लागि नयाँ योजनाका साथ काम गर्छौँ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ३८ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन