चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि ‘अटो यात्रा’ « Khabarhub

चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि ‘अटो यात्रा’


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा चलचित्र उद्योगको प्रवर्द्धनका लागि ‘अटो यात्रा’ हुने भएको छ । लक्की मिडिया हाउसले चलचित्र ‘तिम्रो मेरो साथ’को प्रिमियर शोको अवसर पारेर कलाकारहरूको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको हो ।

नेपाली चलचित्र उद्योगको प्रवर्द्धन र प्रचार प्रसारको लागि कलाकारहरूको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले बताए । साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’ को पुस २७ गते साँझ ६ बजे चितवनमा प्रिमियर शो गर्न लागिएको हो ।

चलचित्रको प्रिमियर शोको दिनमा चर्चित कलाकारहरुलाई सम्मान स्वरुप भरतपुर विमानस्थलमा स्वागत गर्दै सिने जगतको प्रवर्द्धनका लागि कलाकारहरुको साथमा भरतपुर नगरभित्र अटो यात्रा गर्न लागेको कार्कीले बताए । 

रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा रहेको फिल्ममा साम्राज्ञी तथा पुष्पको अलवा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन ‘खबपु’ को अभिनय रहेको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १ : ०५ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र