चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि ‘अटो यात्रा’ « Khabarhub

चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि ‘अटो यात्रा’


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा चलचित्र उद्योगको प्रवर्द्धनका लागि ‘अटो यात्रा’ हुने भएको छ । लक्की मिडिया हाउसले चलचित्र ‘तिम्रो मेरो साथ’को प्रिमियर शोको अवसर पारेर कलाकारहरूको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको हो ।

नेपाली चलचित्र उद्योगको प्रवर्द्धन र प्रचार प्रसारको लागि कलाकारहरूको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले बताए । साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’ को पुस २७ गते साँझ ६ बजे चितवनमा प्रिमियर शो गर्न लागिएको हो ।

चलचित्रको प्रिमियर शोको दिनमा चर्चित कलाकारहरुलाई सम्मान स्वरुप भरतपुर विमानस्थलमा स्वागत गर्दै सिने जगतको प्रवर्द्धनका लागि कलाकारहरुको साथमा भरतपुर नगरभित्र अटो यात्रा गर्न लागेको कार्कीले बताए । 

रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा रहेको फिल्ममा साम्राज्ञी तथा पुष्पको अलवा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन ‘खबपु’ को अभिनय रहेको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १ : ०५ बजे

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५