पर्यटकीयस्थल बेदकोट तालसम्मको सडक कालोपत्रे | Khabarhub Khabarhub

पर्यटकीयस्थल बेदकोट तालसम्मको सडक कालोपत्रे


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट ताल पक्की सडक सञ्जालसँग जोडिएको छ । बेदकोट नगरपालिका-३ स्थित चुरे फेदीमा रहेको तालसम्म कालोपत्र सडक बिस्तार भएको छ ।

पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दैजी बजारदेखि बेदकोट तालसम्म कालोपत्र सडक विस्तार भएको वडा नं ३ का अध्यक्ष मोहन गुर्धामीले बताए। ‘दैजीदेखि बेदकोट ताल भन्दामाथि सिन्यारी भन्ने ठाउँसम्म कालोपत्र सडक पुगेको छ,’ उनले भने, ‘करिब १०-१२ किलोमिटर सडक कालोपत्र भएको छ ।’

विगतमा बेदकोट ताल पुग्नका लागि ग्राभेल सडकको बाटो हिँड्नुपर्ने बाध्यता थियो । पर्यटकीयस्थल बेदकोट ताल कालोपत्र सडक सञ्जालसँग जोडिएपछि आवातजावतमा सहज भएको स्थानीय महेश जोशीले बताए । ‘ग्राभेल सडक हुँदा आवागनमा सास्ती भाग्नु परेको थियो, अहिले कालोपत्र सडक बनेपछि सहजै ओहोरदोहोर गर्न सकिएको छ,’ उनले भने, ‘तालसम्मै गाडी चढेर पुग्न सक्छौँ ।’

कञ्चनपुरको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बेदकोट ताल अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् । निर्माणाधीन अवस्थामा रहेको कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढासम्म जोड्ने सडक योजना अन्तर्गत बेदकोट तालसम्म सडक सञ्जाल पुगेको छ । बेदकोट तालसम्म सडक सञ्जाल पुगे पनि पछिल्लो समय दैजी-जोगबुढा सडक योजनाको काम सुस्तगतिमा छ । 

विसं २०४२ मा निर्माण सुरु भएको दैजी-जोगबुढा सडकखण्ड अझैसम्म पूरा हुनसकेको छैन । यो सडक तराईदेखि सुदूरका पहाडी जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडकका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ५ : १६ बजे

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत