नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न अध्यक्ष नेपालको निर्देशन « Khabarhub

नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न अध्यक्ष नेपालको निर्देशन


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज सम्पन्न पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर नेतृत्वको बदख्वाइँ गर्ने, अरुको प्रशंसा गर्ने, सामाजिक सञ्जालमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरीत काम नगर्न सिङ्गो पार्टी पङ्तिलाई सचेत गराए । उनले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँड्ने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित हुनै नसक्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागतरुपमा चलोस् भन्ने चाहेको बताए । उनले भने, “बैठकमा सबैले खुलेर आफ्नो विचार व्यक्त गर्नुभएको छ । आफूलाई लागेका कुरा बाहिर प्रचार गर्ने काम बन्द गर्नुपर्छ ।” पार्टी कमिटीभित्र बसेर व्यापक छलफल गर्ने र विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : २७ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा