पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कास्की – सिटी म्याराथनको अवधारणाबाट सुरु भएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को १७औँ संस्करण आगामी फागुन ६ गते हुने छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेका उक्त म्याराथनको तयारी सुरु भएको आयोजक संस्थाले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत आठ विधा एकै दिन हुनेछन् ।

मुख्य विधाअन्तर्गत खुला म्याराथन, हाफ म्याराथन (महिला), १० किलोमिटर दौड (महिला÷पुरुष), विद्यालयस्तरिय पाँच किलोमिटर दौड (छात्र÷छात्रा), महिला÷पुरुष ह्विलचियर तथा दृष्टिविहीन दौड समावेश गरिएको मञ्चका अध्यक्ष हरि पराजुलीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ समेत समावेश गरिएको छ । यसपटक विजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । यसैगरी द्वितीयलाई रु तीन लाख, तृतीयलाई रु दुई लाख र सान्त्वनास्वरुप चौथो हुने धावकलाई रु ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ । म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न विजेतालाई रु ५० हजार, उपविजेताले रु ३० हजार र तृतीय हुनेले रु २० हजार पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी महिला हाफ म्याराथनका विजेताले रु एक लाख ५० हजार, द्वितीयले रु एक लाख र तेस्रो हुनेले रु ७५ हजार पुरस्कार प्राप्त गर्ने छन् । दस किलोमिटर सडक दौड महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार पुरस्कार प्रदान गरिनेछ । पोखरा म्याराथनले अन्तर्राष्ट्रिय म्याराथन सञ्जाल ‘एसोसिएसन अफ इन्टरनेशनल म्याराथन सोसाइटी’(एम्स)को मान्यता पाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ३९ बजे

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको