त्रिवेणी कप फुटबलको उपाधि चितवन रामपुरलाई « Khabarhub

त्रिवेणी कप फुटबलको उपाधि चितवन रामपुरलाई


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लमजुङ -चितवनको रामपुर फुटबल क्लब, रोड्स रामपुरले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि जितेको छ ।लमजुङको बेसीसहरमा मंगलबार भएको फाइनलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स रामपुर च्याम्पियन बनेको हो ।

रोमान्चक खेलको निर्धारित समय र थप गरिएको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।पेनाल्टीमा रामपुरका अब्देल रहमान, आकाश थापा, डिका सेर्गी, भबेन्द्र मल्ल ठकुरी र नवराज गुरुङले ग्ल गरे । सन्दीप श्रेष्ठ पेनाल्टीमा गोल गर्न चुके ।

बागमतीका दिब गुरुङ, अमर श्रेष्ठ, सुमन चाम्लिङ रै र कसीम राईले गोल गरे । दिपेश चाम्लिङ राई र आयुष राना पेनाल्टीमा चुके ।पेनाल्टी अघि अनिल रानाले १८ औं मिनेटमा गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, सुरेश कुमालले ३७ औं मिनेटमा गोल गर्दै रोड्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रामपुर रोड्सका सुरेश कुमाल चुनिए । सर्वाधिक गोलकर्ता बागमतीका देव गुरुङ, रामपुरका सुरेश कुमाल र समाज कल्याणका अब्दुल्लाहले संयुक्त पाए । उत्कृष्ट गोलकिपरको अवार्ड बागमतीका रबिन बस्नेत चुनिएका छन् ।

त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै रामपुरले ५ लाख प्राप्त गर्दा उपविजेता बागमतीले ३ लाख प्राप्त गरेको छ । यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाएका छन् ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १० : २५ बजे

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै