उपरथी शाही सैनिक हिरासतमा | Khabarhub Khabarhub

उपरथी शाही सैनिक हिरासतमा


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले पक्राउ गरेको छ । आर्थिक अनियमिततामा अनुसन्धान गर्नुपर्ने देखिएकाले उनलाई हिरासतमा लिइएको बताएको छ । उनलाई प्रधानसेनापति प्रभुराम शर्माको आदेशमा पक्राउ गरिएको सैनिक स्रोत बतायो ।

उपरथी शाही उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका थिए। तर उनी आफ्नो पदावधि १ वर्ष बाँकी रहेको दाबी गर्दै सर्वोच्च पुगेपछि अदालतले उनको पक्षमा फैसला गरेको थियो।

शाहीले पुस ७ मात्र सर्वोच्चमा आफ्नो जन्ममिति २०२३ पुस २२ लाई कायम गर्न माग गर्दै रिट दायर गरेका थिए ।सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयांलको एकल इजलासले सेना र रक्षा मन्त्रलायका नाममा कारण देखाऊ आदेश गरी गर्दै शाहीको निवेदनअनुसार नै फैसला गरेपछि उनले थप एक वर्ष जागिर खान सक्ने अवस्था थियो ।

शाहीको चारित्रिक प्रमाणपत्रमा २०२२ पुस २० गते थियो भने प्रमाणपत्रमा २०२३ पुस २० गते थियो । सेनाको अभिलेखालयमा २०२२ पुस २० भएकाले १५ दिनअघि नै सेनाले उनलाई अवकाशको पत्र थमाएको हो ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १० : ५१ बजे

‘महाकमाण्डर’ देखिए दीपकराज, ‘माग्ने बूढा’लाई सफलता, विजयलाई झट्का

हेडलाइन…– ‘माग्ने राजा’को व्यापारिक सफलताले जोगायो माग्ने बूढाको इज्जत– माइतीघरको

सामाजिक सञ्जालबारे सञ्चारमन्त्री गुरुङले झुट बोलेको आरोप

लमजुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रमुख सचेतक

काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज

एमाले विधान महाधिवेशन : आज समूहगत छलफल

काठमाडौं– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल