राजनीतिमा रवि कच्चा खेलाडी हुन् जस्तो लाग्यो | Khabarhub Khabarhub

राजनीतिमा रवि कच्चा खेलाडी हुन् जस्तो लाग्यो

‘प्रधानमन्त्री भइरहदा पनि प्रचण्डको हालत नाजुक हुन सक्छ’


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली राजनीति यतिबेला फरक दृश्यका साथ अगाडि बढिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि गृहमन्त्री खोजेको छ भने एमालेले राष्ट्रपति पदको माग गर्दै आएको छ । राष्ट्रपति पदमा माओवादीको समर्थन खोजेर कांग्रेस अहिलेको गठबन्धन भत्काउन खोजिरहेको छ । तर गठबन्धन जोगाउन एमाले स्वतन्त्र पार्टीलाई फकाउन लागि परेको छ । यसले अबका केही दिनमा कस्तो राजनीतिक मोड लिन सक्ला ? यसै विषयमा आधारित रहेर राजनीतिक विश्लेषक डाक्टर केपी शर्मासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः

राजनीतिमा अहिले भइरहेको खेलले कस्तो अवस्था ल्याउन सक्छ ?
सरकार बनेको समयमा प्रचण्डले आवेगमा निर्णय गरेका थिए । पुरानो गठबन्धन थियो । चुनाव भन्दा अगाडि त्यो गठबन्धनलाई ब्युँताउने एमालेसँगको गठबन्धन छ । त्यसलाई विग्रह गर्ने र नयाँ सिद्धान्तबाट फेरि गठबन्धनमा जोडिएर आफ्नै नेतृत्वमा सरकार बनाउने सोचमा प्रचण्ड पुग्नु भएको जस्तो लाग्छ । एमालेलाई गलाउने सोचमा पनि प्रचण्ड पुगेको अवस्था रहेको छ । पहिलो प्रधानमन्त्री कालमा पनि झड्का त लागि सकेको अवस्था रहेको छ । प्रधानमन्त्री बनेर पनि प्रचण्डको हालत नाजुक अवस्थामा जान सक्छ । पुष्पकमल दाहालमा आफू मात्र सही र चतुर नेता भन्ने सोच हावी छ ।

केपी ओली रवि लामिछानेलाई फकार्उन हरसम्भव प्रयास गरिरहेका छन् । रवि पनि यसका लागि बालकोट र बालुवाटार धाइरहेका छन् । यसले सत्ता गठबन्धन जोगिएला र ?
यसका लागि एउटा कानुनी पाटो छ, अर्को राजनीतिक पाटो छ । जसमा केपी ओली र प्रचण्डको एक उद्देश्य मिल्छ । नेपाली कांग्रेस, नेकपा एमाले र स्वतन्त्र पार्टी नै आपसमा मिलेर गएको छ । जसमा रवि लामिछाने अरु सबैमा भारी परिरहेका छन् । भविष्यमा राजनीतिमा यो पाटीले ठूला पार्टीहरूलाई पाखा लगाउन सक्ने सम्भावना रहेको छ । राजनीतिबाट ठूला पार्टीहरूको अनुगमन गर्न सक्ने सम्भावना रहेको छ । यो अन्य पार्टीले महसुस गरेको हुनु पर्छ । रविलाई कमजोर बनाउने दाउपेज त यो सरकारमा भइरहेको अवस्था छ । त्यो कुन प्रकियामा गएर गर्ने भन्ने आ–आफ्नो सोच विचार राखेको अवश्य छ । केपी ओलीले गरेको प्रयास भनेको रविलाई अहिले सहयोग गर्दा आफूलाई पछिको अवस्थामा सहज हुने बाटो रोजेको अवस्था रहेको छ । अहिलेको समीकरण पनि केपी ओली बचाउन चाहन्छन् । प्रचण्ड भने सत्ता हत्याउन व्यस्त भएको अवस्था छ ।

प्रचण्ड पटक पटक अरु दल तथा नेताकै सहारामा प्रधानमन्त्री बन्दा के फाइदा हुन्छ ?
यो व्यक्तिगत रुपमा प्रचण्डलाई नै फाइदा छ । पार्टीगत रुपमा भने बेफाइदा छ । जनतालाई पनि फाइदा हुने भन्ने म देख्दिन । युद्धबाट आएको मान्छे हो । एक किसिमको दम छ, जुन दम भएको कारण आफूलाई केन्द्रमा राख्न चाहनु हुन्छ र अहिलेसम्म सफल भएको पनि छ । यस खालको मुभ गरिरहदा भविष्यमा अफ्ठ्यारो पर्न भने अवस्य सक्छ । जसमा रवि ज्युको समय अनुसारको काडहरु बाहिर निस्कदै जाने छन । राजनीतिमा रवि कच्चा खेलाडी हुन् जस्तो भान भयो मलाई । जुन तयारीमा आउनु भयो, त्यो सकारात्मक पक्ष भने होइन । रविको गलत कार्य भनेको अहिलेको सरकारमा सामेल नहुने रहेको थियो ।

रवि अहिले राम्रै शक्ति आर्जन गरिरहेका छन्, सत्तामा उनका पछिल्ला कदमले शक्तिहीन हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?
रविको कुरामा धेरै त थाहा छैन । तर जम्मा प्लस टू पास गरेका व्यक्ति रहेछन् । नेतृत्व गर्ने क्षयमा भनेको अलि पढे लेखेका तथा अलि विद्धानको आगमनको बहस त एक कोणबाट चलेको हो । प्लस टू पास गरेको मान्छेले यस्तो देश हाक्छ भन्ने विश्वास ममा छैन । उनले ल्याएका घोषणा पत्रका भिजनहरुकेही पनि देख्दिन । पहिला जति मात्रामा भष्ट्राचार भएका थिए । अहिले पनि त्यसमा कमी भने छैन । रविज्यु पनि राम्रोसँग अगाडि बढ्नु भयो भने पनि धान्न सक्ने अवस्था देखिदैन । कुनै पनि चिजको एक क्षमता रहेको हुन्छ, त्यस भन्दा माथि गएमा जुन सुकै कार्य पनि असफल रहन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएमा कस्तो अवस्था आउँछ ?
रवि लामिछाने गृहमन्त्री हुनुहुन्छ भन्ने मलाई लाग्दैन । त्यो सम्भावना नै छैन । जुन नयाँ ढंगबाट नयाँ समीकरणमा गएको छ । रविले सरकारबाट फिर्ता लिनु पर्छ । उहाँहरूको बीचमा नयाँ बन्ने समीकरणमा भित्र कुनै समन्वय भएन भने रवि लामिछानेको मुद्दाहरू अगाडि बढ्ने छन । पछि गएर रवि लामिछानेको पाटीभित्र नै विवाद आउने अवस्था रहेको छ । नेतृत्व असफल भएको खण्डमा रवि लामिछानेको पाटी नै फुट्छ ।

(प्रस्तुति : कुसुम गौतम)

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  २ : ४२ बजे

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीईभीटी

चितवन- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले एसइईमा प्राप्त

बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

काभ्रे– अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’को टोली मुस्ताङमा

गण्डकी– नेपाल प्रेस युनियनको आयोजनामा शुक्रबारदेखि जारी ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया