राहत पाउँदा छायाँनाथका पहिरोपीडित खुसी | Khabarhub Khabarhub

राहत पाउँदा छायाँनाथका पहिरोपीडित खुसी


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मुगु– गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरो प्रभावित परिवारले राहत पाउँदा खुसी भएका छन् । बाढीपहिरोमा परी घर तथा खेतबारी गुमाएका छायाँनाथ रारा नगरपालिका-८ का पीडित परिवारले आज राहत पाउँदा खुसी भएका हुन् ।

टेवा नेपाल काठमाडौँको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई प्रतिघर ३० केजी चामल, दुई केजी दाल, एक पाकेट नून, डसना, फाइबर सिरक र तन्नालगायतका सामाग्री वितरण गरिएको महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकमाया शाहीले जानकारी दिए ।

माघको जाडोमा खाद्यान्न र न्यानो ओढ्नेओछ्याउने कपडा पाएपछि विष्टवाडा गाउँका स्थानीय खुसी छन् । ‘गत असोज १८ देखि २३ सम्म परेको अविरल वर्षाका कारण गाउँमा कसैका घर भत्किए, कसैका चर्किए, खेतगरामा पाक्न लागेका अन्न सबै बगायो । त्यस बेलादेखि घर बाहिर नै बस्दै आएका छौँ’, स्थानीय लोकबहादुर विष्टले भने ।

उनका अनुसार छिमेकी तथा नगरपालिकाले गरेको सहयोगमा जीविकोपार्जन गर्दै आएका स्थानीयले आज न्यानो कपडा र खाद्यान्न राहत पाएका हुन् । स्थानीय रमिला रावलले ठुलो परिवारलाई जीविकोपार्जनमा समस्या भएको भन्दै सरकारले घर निर्माणमा सहयोग गर्नुपर्ने बताए ।

छायाँनाथ राराका बासिन्दा मात्र होइन जिल्लाभरिका बाढीपहिरो पीडित परिवार सरकारले घर निर्माण तथा गरा सुधारमा सहयोग गर्नुपर्ने बताउँछन् ।सरकारले मुगु लगायत साविक कर्णालीलाई संकटग्रस्त जिल्ला घोषणा गरी पुनर्निर्माणका लागि पीडित परिवारको तथ्यांक संकलन गरिरहेको वडा नं ८ का वडाअध्यक्ष कर्णबहादुर रावलले बताए ।

उनले तथ्यांक संकलन गर्ने नगरपालिकाका कर्मचारीहरूलाई क्षति र हालको अवस्थाबारे वास्तविक तथ्यांक उपलब्ध गराउन पीडित परिवारलाई आग्रह गरे । वर्षासँगै आएको बाढीपहिरोले यहाँका चार वटै पालिकामा करोडौँको क्षति पुर्‍याउनुका साथै आठ जनाको ज्यान समेत गएको थियो । 

जग्गा मात्र बगाएका परिवार घरमा फर्किए पनि घरजग्गा दुवै गुमाएका परिवार भने अहिले पनि खुला चौरमा पालभित्र बस्दै आएका छन् । 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ३ : ३६ बजे

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक