अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन « Khabarhub

अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेको छ । अमेरिकाको उत्तर पश्चिमी मोन्टाना राज्यको आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेको हो ।

अमेरिकी रक्षा अधिकारीले उक्त ‘उच्च उचाईमा रहेको जासुसी बेलुन’ चीनको भएको पुष्टि गरेका छन् । बीबीसीका अनुसार अमेरिकी सेनाले उक्त बेलुन जमिनमा खसाल्ने योजना नरहेको बताएको छ ।

जमिनमा भग्नावशेष खस्ने चिन्ताका कारण जमिनमा बेलुन खसाल्ने योजना नरहेको अमेरिकी अधिकारीको भनाइ छ ।

यता चिनियाँ पक्षले भने घटनाबारे विस्तृत विवरण आउनुअघि नै यसबारे टिकाटिप्पणी नगर्न आग्रह गरेको छ । अमेरिकाको उत्तरी छिमेकी मुलुक क्यानाडाले पनि जासुसी बेलुन फेला पारेको र यसबारे अमेरिकालाई जानकारी गराएको उल्लेख गरेको छ ।

अमेरिकी अधिकारीका अनुसार अमेरिकाको अलास्का राज्यको एल्युसिन टापु समूहबाट उडाइएको उक्त बेलुन क्यानाडाको आकाश हुँदै मोन्टाना पुगेको हो ।

ह्वाइट हाउसले निर्देशन दिएको खण्डमा उक्त बेलुन खसाल्न एफ २२ लगायत लडाकु विमान तयारी अवस्थामा राखेको अमेरिकी सेनाले जनाएको छ ।

अत्यन्त न्यून जनसङ्ख्या रहेको मोन्टाना राज्यका तीन क्षेत्रमा अमेरिकाले आणविक क्षेप्यास्त्र भण्डारण गरेर राखेको बताइन्छ । मोन्टानाको माल्मस्ट्रोम एअर फोर्स बेसमा रहेका आणविक क्षेप्यास्त्र भण्डारणको गोप्य एवम् संवेदनशील जानकारी हासिल गर्न उक्त बेलुन उडाइएको हुनसक्ने अमेरिकी अधिकारीको अनुमान छ ।

व्यवसायिक विमान उड्ने उचाईभन्दा धेरै माथि रहेका कारण उक्त बेलुनबाट हवाई क्षेत्रमा भने कुनै खतरा नरहेको जनाइएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ३ : ५७ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान