अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन « Khabarhub

अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेको छ । अमेरिकाको उत्तर पश्चिमी मोन्टाना राज्यको आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेको हो ।

अमेरिकी रक्षा अधिकारीले उक्त ‘उच्च उचाईमा रहेको जासुसी बेलुन’ चीनको भएको पुष्टि गरेका छन् । बीबीसीका अनुसार अमेरिकी सेनाले उक्त बेलुन जमिनमा खसाल्ने योजना नरहेको बताएको छ ।

जमिनमा भग्नावशेष खस्ने चिन्ताका कारण जमिनमा बेलुन खसाल्ने योजना नरहेको अमेरिकी अधिकारीको भनाइ छ ।

यता चिनियाँ पक्षले भने घटनाबारे विस्तृत विवरण आउनुअघि नै यसबारे टिकाटिप्पणी नगर्न आग्रह गरेको छ । अमेरिकाको उत्तरी छिमेकी मुलुक क्यानाडाले पनि जासुसी बेलुन फेला पारेको र यसबारे अमेरिकालाई जानकारी गराएको उल्लेख गरेको छ ।

अमेरिकी अधिकारीका अनुसार अमेरिकाको अलास्का राज्यको एल्युसिन टापु समूहबाट उडाइएको उक्त बेलुन क्यानाडाको आकाश हुँदै मोन्टाना पुगेको हो ।

ह्वाइट हाउसले निर्देशन दिएको खण्डमा उक्त बेलुन खसाल्न एफ २२ लगायत लडाकु विमान तयारी अवस्थामा राखेको अमेरिकी सेनाले जनाएको छ ।

अत्यन्त न्यून जनसङ्ख्या रहेको मोन्टाना राज्यका तीन क्षेत्रमा अमेरिकाले आणविक क्षेप्यास्त्र भण्डारण गरेर राखेको बताइन्छ । मोन्टानाको माल्मस्ट्रोम एअर फोर्स बेसमा रहेका आणविक क्षेप्यास्त्र भण्डारणको गोप्य एवम् संवेदनशील जानकारी हासिल गर्न उक्त बेलुन उडाइएको हुनसक्ने अमेरिकी अधिकारीको अनुमान छ ।

व्यवसायिक विमान उड्ने उचाईभन्दा धेरै माथि रहेका कारण उक्त बेलुनबाट हवाई क्षेत्रमा भने कुनै खतरा नरहेको जनाइएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ३ : ५७ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४