अफगानिस्तान ‘प्रणालीगत पतन’ को जोखिममा : राष्ट्रसंघ « Khabarhub

अफगानिस्तान ‘प्रणालीगत पतन’ को जोखिममा : राष्ट्रसंघ


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसंघले मानवीय संकट गहिरिँदै गएको अवस्थामा अफगानिस्तान ‘प्रणालीगत पतन’ को जोखिममा रहेको जनाएको छ ।

अफगानिस्तानका नागरिकहरु भोकमरी, गरिबी, स्वच्छ खानेपानीको एवम् अत्यावश्यक वस्तुको अभावका कारण गम्भीर मानवीय विपदको अवस्थामा रहेको राष्ट्रसंघले उल्लेख गरेको छ ।

राष्ट्रसंघको मानवीय मामिला संयोजन कार्यालय ओसीएचएले प्रतिवेदन जारी गर्दै सन् २०२३ मा अफगानिस्तानका ६० लाख नागरिक गम्भीर खाद्य असुरक्षाको अवस्थामा बाँच्न बाध्य हुने र १ करोड ७० लाख मानिसहरु गम्भीर भोकमरीको जोखिममा धकेलिने जनाएको छ ।

अफगानिस्तानको टोलो न्युजका अनुसार अफगानिस्तानमा जारी मानवीय संकटले विगत २ दशकमा मुलुकले महिला अधिकारजस्ता क्षेत्रमा हासिल गरेको उपलब्धीलाई पनि खतरामा पारेको राष्ट्रसंघले जनाएको छ ।

घट्दो आयस्तर, खाद्यान्नमा उच्च मूल्यवृद्धि, बेरोजगारी र गिर्दो अर्थव्यवस्थाका कारण सन् २०२३ को पहिलो त्रैमासिकमा अफगानिस्तानको अवस्था अझ खराब बन्दै जाने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ०७ बजे

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार