जेलमा परेका सांसदलाई रिहा गर्न माग गर्दै कैलालीमा प्रदर्शन « Khabarhub

जेलमा परेका सांसदलाई रिहा गर्न माग गर्दै कैलालीमा प्रदर्शन


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नगरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई तत्काल रिहा गर्न माग गर्दै कैलालीमा प्रदर्शन भएको छ । बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका हुन् ।

उनलाई तत्काल रिहा गर्न माग गर्दै उन्मुक्ति पार्टीले कैलालीमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा उत्रेका उन्मुक्ति पार्टीका नेता कार्यकर्ताले कैलालीका सडक अवरुद्ध पारेका छन् ।

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका उनलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सोही फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई बिहीबार बाँके कोहलपुरबाट पक्राउ गरेको थियो । शुक्रबार बिहान उनलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको थियो । अदालतबाट कैदी पुर्जी बुझेर उनी जेल चलान भएका हुन् ।

उनी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ३२ बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले