गलत समाचार लेखेर समाजमा भ्रम नफैलाउन रेग्मीको आग्रह « Khabarhub

गलत समाचार लेखेर समाजमा भ्रम नफैलाउन रेग्मीको आग्रह


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गलत समाचार लेखेर समाजमा भ्रम फैलाउन नहुने बताएका छन्। न्यूज लाइन्स डटकम अनलाइन मिडियाको सातौँ वार्षिकोत्सवको अवसरमा आज आयोजित ‘पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा उनले सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

“संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा राखेको छ, सही सूचना सम्प्रेषण गरेर समाजप्रति उत्तरदायी बन्नुपर्छ, राज्य र नागरिकको सेतुको काममा सञ्चार माध्यमले भूमिका खेलेको छ”, पूर्वअध्यक्ष रेग्मीले भने । मुलुकको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । समुन्नत मुलुक निर्माणका लागि पर्यटन क्षेत्रको उल्लेख भूमिका रहेको जिकिर गर्दै पूर्वअध्यक्ष रेग्मीले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा पर्यटन प्रवद्र्धन गर्नसके आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रलाई जर्गेना गर्न सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताए । “प्रेस स्वतन्त्रता नभएको मुलुकमा लोकतन्त्र बलियो हुन सक्दैन, सञ्चारमाध्यम आवाज विहीनको आवाज बन्नुपर्छ”, उनले भने । सञ्चारमाध्यम शक्ति र सत्ताको पछि नलागी सत्यको पछि लाग्नुपर्नेमा नेता केसीले जोड दिए। उनले मुलुकको आर्थिक अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै मुलुकको अफ्ठ्यारो परिस्थितिको सन्तुलन मिलाउन कांग्रेसले राष्ट्रपति दाबी गरेको उल्लेख गरे ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपानेले मुलुकको आर्थिक विकासमा कृषि, जलविद्युत् र पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) का पूर्वअध्यक्ष खुमबहादुर सुवेदीले मुलुकको आर्थिक उपार्जनको महत्वपूर्ण क्षेत्र पर्यटन भएकाले यसको विकासमा राज्यले लगानी बढाउनुपर्ने बताए ।

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : २२ बजे

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी