पोखरामा हुन थाल्यो खाद्य परीक्षण « Khabarhub

पोखरामा हुन थाल्यो खाद्य परीक्षण


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कास्की – साउन १ गते अघिसम्म गण्डकी प्रदेशभर बजार अनुगमनका क्रममा देखिएका त्रुटि परीक्षण गर्न काठमाडौँ र भैरहवा पु¥याउनुपर्ने बाध्यता थियो । जसले कारवाहीमा ढिला हुन्थ्यो । नतिजा ढिला आउँदा कार्यप्रगति पनि सोचेअनुरुप देखिने गरेको थिएन ।

पछिल्लो समय पोखरामा खाद्य प्रयोगशाला स्थापनापछि गण्डकी प्रदेशका ११ जिल्लाको काममा निकै प्रगति देखिएको छ । बजार अनुगमनका क्रममा देखिएका त्रुटि परीक्षण गर्न काठमाडौँ र भैरहवा पु¥याउनुपर्ने बाध्यता हटेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले प्रयोगशाला सञ्चालनमा ल्याएको हो । पोखरामा प्रयोगशाला बनेपछि बजार अनुगमनसहित खाद्य सुरक्षामा सहज भएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख शिवजी बरालले बताए ।

गण्डकीमा खानेतेल, पानी, दुग्धजन्य पदार्थ तथा खाद्यन्नलगायतमा मिसावट हुने गरेको उनले बताए। “गण्डकी प्रदेशभित्र खानेतेल, पानी, दुग्घजन्य पदार्थ तथा खाद्यन्नमा मिसावट धेरै भेटिएको छ,” निमित्त प्रमुख बरालले भने, “विभागले त्यसमा केन्द्रीत हुँदै अनुगमन गर्दै आइरहेको छ । केही त्रुटि भेटिने बित्तिकै तत्काल हाम्रै प्रयोगशालामा परीक्षण गर्छौँ ।”

साउनदेखि पुस मसान्तसम्म पाँच सय ७५ वटा नमूनाको परीक्षण गरिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले जानकारी दिए। प्रदेशको राजधानीमा भएको प्रयोगशालाबाट अधिकांश खाद्य वस्तु परीक्षण हुने उनले जानकारी दिए ।

“हामीले यहाँबाट सागपातमा हुने विषादीको नमूना परीक्षण गर्न सक्दैनौँ,” खाद्य अनुसन्धान अधिकृत कुँवरले भने, “त्यो बाहेक दूध, पानी, मासुलगायत खाद्यवस्तुको माइक्रोबायलोजी हेर्ने, खाद्यवस्तुको पारामिटर हेर्ने सामथ्र्य राख्छौँ ।”

उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष अपिलनाथ कोइरालाले पोखरामा स्थापना भएको प्रयोगशालाले बजार अनुगमनको काम छिटो भएको बताए । “हामी खाद्य सुरक्षामा ध्यान दिँदै अनुगमनमा जान्छौँ । अनि केही त्रुटि भएर परीक्षण गर्नुप¥यो भने लामो समयसम्म पनि रिपोर्ट आउन गाह्रो थियो,” कोइरालाले भने, “पोखरामै प्रयोगशाला स्थापनापछि अनुगमनको काम छिटो भएको छ ।”

पोखरामा रहेको कार्यालयले कास्की, स्याङ्जा र पर्वत जिल्लामा खाद्य गुणस्तर जाँच गर्ने काम गर्छ । बाग्लुङको कार्यालयले बाग्लुङसहित म्याग्दी र मुस्ताङ हेर्छ । तनहुँ कार्यालयले तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरमा काम गर्छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : १४ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक