नेपालकाे हवाई क्षेत्र सुरक्षित र भरपर्दो भएकाे दाबी « Khabarhub

नेपालकाे हवाई क्षेत्र सुरक्षित र भरपर्दो भएकाे दाबी


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुलुकको हवाई क्षेत्र सुरक्षित र भरपर्दो तुल्याउन सबै संयन्त्र सक्रिय ढङ्गले लागिपरेकाले यो क्षेत्रप्रति विश्वस्त रहन विज्ञ सरोकारवालाले बताएका छन् ।

वायुसेवा सञ्चालक सङ्घले ‘हवाई क्षेत्रमा देखिएका समसामयिक विषय’ मा आयोजना गरेको अन्तरक्रियामा वक्ताले हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सबैखाले प्रयत्न गरिएको उल्लेख गरे ।

सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको भन्दै केही भवितव्यका रूपमा हुने दुर्घटनालाई लिएर समग्र हवाई सेवा असुरक्षित रहेको सन्देश प्रवाह नगर्न अनुरोध गरे । उनले भने “नेपालको ‘एभिएसन सेक्टर’ धेरै सुरक्षित छ । हवाई दुर्घटना न्यूनीकरणका लागि नियामक र एयरलाइन्स अपरेटर उत्तिकै जिम्मेवार भएर लागेका छन् । एभिएसन सेफ्टी र सेक्युरिटीमा कुनै कसर बाँकी राखिएको छैन ।”

क्याप्टेन थापाले नेपालको हवाई क्षेत्र देशको अर्थतन्त्रको धरोहर रहेको र पर्यटन विकास समेतमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले विश्वकै सुरक्षित यातायातको रूपमा लिइने हवाई यातायातलाई सुरक्षित र मजबुद तुल्याउन सबै संयन्त्रले सक्रियतापूर्वक काम गरिरहेको विश्वास व्यक्त गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उडान सञ्चालन विभागका निर्देशक श्यामकिशोर साहले हवाई यातायातलाई सुरक्षित र विश्वसनीय तुल्याउन संस्थागत क्षमता अभिवृद्धि र पाइलटलाई आवश्यक तालिमको जरुरी रहेको उल्लेख गरे । उनले हवाई यात्रा तुलनात्मकरूपमा बढी सुरक्षित रहने भएकाले यो क्षेत्रप्रति नकारात्मक टीकाटिप्पणी गर्न नहुने तर्क गरे ।

हवाई इन्जिनियरिङ क्षेत्रका जानकार मेघेन्द्रकुमार श्रेष्ठले सुरक्षित हवाई उडानका लागि अनेकन प्रयास गर्दा पनि दुर्घटना दर बढ्नु आश्चर्यको विषय भएको बताए । उनले कुनै पनि जहाज पुरानो भएर वा अन्य प्राविधिक खराबीले मात्रै दुर्घटनाको जोखिम नरहेको भन्दै संस्थागत संरचनादेखि हरेक विषय हवाई सुरक्षासँग सरोकार राख्ने धारणा राखे । उनले भने, “जहाज थोत्रा भएर दुर्घटना हुने होइन । जहाज उडानयोग्य छ कि छैन त्यो जहाजको आयुमा निर्धारण हुँदैन, इन्जिन, उपकरण, पार्टपुर्जा समय समयमा फेर्ने, मर्मतको काम निरन्तर भइरहेको हुन्छ । त्यसैले दुर्घटना शून्य भन्ने हुँदैन जोखिम पनि शून्य भन्ने हुँदैन तर जोखिम घटाउन सबैखाले प्रयत्न भइरहेको हुन्छ ।”

क्याप्टेन विनोद पुरीले हवाई दुर्घटनामा कुनै एउटा पक्षलाई मात्र दोष दिएर नहुने भन्दै यो प्रक्रियामा सबै प्रणालीको कतै न कतै भूमिका रहने बताए । उनले हवाई सुरक्षालाई बलियो र भरपर्दो बनाउन यो क्षेत्रमा संलग्न सबै सरोकारवाला उत्तिकै जिम्मेवार बन्नुपर्नेमा जोड दिए । सङ्घका महासचिव मनोज कार्कीले सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि अचानक दुर्घटना हुने गरेको भन्दै सम्भावित जोखिम न्यूनीकरणका लागि अपरेटरले के कस्ता काम गरिरहेका छन् भनेर अभिमुखीकरण गराउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : २२ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक