मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजना पक्राउ « Khabarhub

मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजना पक्राउ


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको छ । ‘मेरो गल्स’ मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सिद्धीविक्रम शाहले जानकारी दिए ।

ललितपुर प्रहरीले काठमाडौँ र मकवानपुरबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरूले ललितपुर–१५ सातदोबाटोका हरिप्रसाद ढकालको नाममा एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एप ह्याक गरी रकम चोरी गरेको शाहले बताए ।

गत मङ्सिर २६ गते ढकालको नाममा रहेको एकाउण्ट ह्याक गरी विभिन्न व्यक्तिको नाममा रहेको ईसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरी ठगिएको उजुरी प्रहरी परिसरमा परेको थियो । उजुरी दर्ता भइ अनुसन्धान गर्दै जाँदा पक्राउ परेका उनीहरुले सङ्गठित रुपमा विद्युतीय माध्यमको प्रयोगबाट अनधिकृत रुपमा खाताको रकम निकाली हिनामिना गरेको देखिएको उनले बताए ।

पक्राउ पर्नेमा भारतको बिहार घर भई काठमाडौँको चाबहिल बस्ने अवधेश कुमार, सप्तरीको कृष्णासरवन गाउँपालिका–२ घर भई काठमाडौँको जोरपाटी बस्ने दिलीपकुमार चौधरी, पर्साको विन्दावासिनी–८ का नगेन्द्र साह कानु, रौतहटको रंगपुर–१ घर भई मकवानपुरको हटौँडा बस्ने रविना चौधरी, बाराको कोलबी नगरपालिका– ४ घर भई मकवानपुरको हेटौँडा बस्ने सन्तोष कुँवर, पर्साको वीरगञ्ज महानगरपालिका–२५ का राजु पटेल, सोही स्थानका साहिल परबेज र शिवशङ्कर राउत छन् ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका नौ थान मोबाइल, एक थान ल्यापटप र चार थान एटिएम कार्ड बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विभिन्न व्यक्तिको रु ५० लाख ठगिएको पाइएको छ । पक्राउ परेकालाई उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १० : ०३ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक