माधव नेपालसँगको भेटबारे के भन्छन् मन्त्री श्रेष्ठ ? « Khabarhub

माधव नेपालसँगको भेटबारे के भन्छन् मन्त्री श्रेष्ठ ?


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भेट गरेका छन्।

आलोकनगरस्थित पार्टी कार्यालयमा पुगेर श्रेष्ठले अध्यक्ष नेपालसँग भेट गरेका हुन् । एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) का दुई पार्टीबीच एकताका लागि अहिलेसम्म भइरहेका गृहकार्यका साथै पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा दुई नेताबीच छलफल भएको थियो ।

दुवै दलले एकापसमा एकताका लागि प्रक्रिया अगाडि बढाउन कार्यदल गठन गरी छलफल गरिरहेकामा सैद्धान्तिक पक्षमा देखिएका अन्योलतालाई के कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको श्रेष्ठले जानकारी दिए ।

पार्टीका उपमहासचिव डा विजय पौडेल नेतृत्वको टोलीले उपप्रधानमन्त्रीश्रेष्ठलाई आजै पेरिसडाँडामा भेटवार्ता गरेपछि अध्यक्ष नेपाल र नेता श्रेष्ठको भेटवार्ताको वातावरण मिलाइएको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १० : ४९ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका