प्यान्क्रियाजको इन्फेक्सनले ज्यानै जानसक्छ « Khabarhub

प्यान्क्रियाजको इन्फेक्सनले ज्यानै जानसक्छ

ग्याष्ट्रिक हुदाँ अमिलो डकार वा पानी आउने गर्छ


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सामान्यतया पछिल्लो समय नेपालीको राष्ट्रिय रोगको रुपमा नै ग्याष्ट्रिक चिनिन्छ। मानिसहरू सामान्य पेट दुख्ने बित्तिकै ग्याष्ट्रिक भयो भन्छन्। पेट दुख्ने बित्तिकै ग्याष्ट्रिक नै भएको हो भन्न सकिँदैन। हजारौँ कारणले पेट दुख्छ। पेटको माथिल्लो भागमा इन्फेक्सन हुनुलाई ग्याष्ट्रिक भनिन्छ। ग्याष्ट्रिक भनेको पेटको भित्री भाग सुनिनु, ग्यास बढ्नु र शरीरमा विभिन्न रोग निम्त्याउनु पनि हो। दैनिक खानपान नमिल्दा ग्याष्ट्रिक हुन सक्ने चिकित्सको भनाइ छ। ग्याष्ट्रिकलाई सामान्य ठान्नु हुँदैन। ग्याष्ट्रिक बिग्रिएमा आन्द्राको अल्सर हुनेसम्मको जोखिम हुन्छ। शरीरमा हामीले खाएको खानालाई उचित समय र व्यवस्थापन मिलाउन नसक्दा एच पाइलोरी नामक ब्याक्टेरीया सक्रिय हुन्छ। उक्त ब्याक्टेरीयाले अल्सरसम्म गराउन सक्छ। फलरुवरुप आन्द्रामा प्वाल पर्नसक्छ। तर सुरुमा नै डाक्टरले यो ग्याष्ट्रिक नै हो भन्ने थाहा भएर दिएको औषधिले पूर्ण रुपमा निको हुन्छ। ग्याष्ट्रिक औषधिले ठिक हुने रोग हो। यसको कुनै अप्रेसन गर्नु पर्दैन।

ग्याष्ट्रिकका लक्षण
पेटको माथिल्लो भाग दुख्नेः पेटको माथिल्लो भागको दुखाइलाई कोलेस्टेसिस भनिन्छ। यो पित्त थैलीको इन्फेक्सनले हुन्छ। प्यान्क्रियाजको इन्फेक्सनले ज्यान पनि जानसक्ने सम्भावना हुन्छ।

अमिलो पानी आउने : ग्याष्ट्रिक हुदाँ अमिलो डकार वा पानी आउने गर्छ। चिल्लो, अमिलो, पिरो वा चिसो खानेकुरा खाँदा अमिलो डकार आउँछ। भोक नलाग्ने, खाना नरुच्ने, कालो दिसा आउने, वाकवाकी लाग्ने, छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने र पोल्ने गर्छ।

के गर्दा अल्सर हुन्छ ?
ग्याष्ट्रिक भएको लामो समयसम्म ध्यान दिइएन र चिकित्सकको सुझाव बिना आफैं मेडिकलबाट औषधि खाएमा यो विस्तारै अल्सरको बन्छ। बाहिरको धेरै चिल्लो पिरो अमिलो खाने कुरा खाँदासमेत अल्सर हुन्छ।

ग्याष्ट्रिक र अल्सर हुनै नदिने उपाय
समयमा खाना खाने : ग्याष्टिक भएका मानिसले धेरै पटक धेरै हैन, थोरै थोरै खानेकुरा मिलाएर खानुपर्छ। थोरै थोरै खानेकुरा धेरै पटक खानुपर्छ। प्रशस्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ।

चिन्ता र तनावः धेरै चिन्ता र तनाव लिने मान्छेलाई ग्याष्ट्रिकको समस्या धेरै हुनेगर्छ। त्यसैले जीवन खुसी साथ बिताउने गर्नुपर्छ।

खानपानमा ध्यान दिने : ग्याष्ट्रिक भएका मान्छेले बाहिरका तारेका खाना, लामोसमय सम्म प्याकेटमा राखेका खाना, चिल्लो पिरो अमिलो भुटेको खाने कुरा खानु हुँदैन। बिहान उठ्ने बित्तिकै केही खाना खाइहाल्नुपर्छ।

शारिरीक व्यायाम : दैनिक रुपमा शारीरिक व्यायाम गरेमा यो समस्यालाई कम गर्न सकिन्छ। स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम आवश्यक हुन्छ। (खबरहबका लागि पेट रोग विशेषज्ञ डा. दीपकराज पाण्डेसँगको कुराकानीका आधारमा तयार सामग्री)

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : २४ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौँ– महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन

बलिउड कलाकारलाई पनि फापेन राजनीति !

फिल्मी पर्दामा लाखौँ दर्शकको मन जितेका स्टार जब राजनीतिक मैदानमा

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ– पृथ्वी राजमार्ग विस्तारको क्रममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल