छोराले जिम्मा लिएर लगे दुर्गा प्रसाईंलाई « Khabarhub

छोराले जिम्मा लिएर लगे दुर्गा प्रसाईंलाई


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विवादित मेडिकल व्यवसायी एवम् राजा फर्काउने अभियानमा लागेका दुर्गा प्रसाईंलाई उनका छोराले बुझेर लगेका छन् ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार रिहा गर्न आदेश दिएपछि उनलाई छोरा निराजनले बुझेर लगेका हुन् ।

राजसंस्था पुनःस्थापनाको माग गर्दै अनिश्चितकालीन आन्दोलन घोषणा गरेका प्रसाईं संगठित अराजकता फैलाएको आरोपमा गत सोमबार मध्यराति घरैबाट पक्राउ परेर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए ।

भक्तपुरको मध्यपुरठिमीस्थित निवासबाट पक्राउ परेयता उनीमाथि मुद्दा चलाउन चार दिनको म्याद थपिएको थियो । त्यसपछि उनको समूहले देशव्यापी आन्दोलन घोषणा गरेको थियो । तर उक्त आन्दोलन शनिबार सरकारसँगको सहमतिपछि रोकिएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : ५१ बजे

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि