गरिबलाई लुटेर लघुवित्त मोटाउन थालेको भन्दै ऋणीहरू आन्दोलनमा « Khabarhub

गरिबलाई लुटेर लघुवित्त मोटाउन थालेको भन्दै ऋणीहरू आन्दोलनमा


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बारामा लघुवित्त संस्थाबाट पीडित भएकाहरूले लघुवित्त संस्थाको ज्यादतीविरुद्ध आन्दोलन थालेका छन् ।

लघुवित्तको चर्को व्याजका कारण उठिबास लाग्न थालेपछि बाराका विभिन्न स्थानका पीडितहरू लघुवित्त संस्थाकोबिरुद्धमा विरोध प्रदर्शन गर्न थालेका हुन् ।

एकै व्यक्तिलाई १५ वटासम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेका पीडितहरू भेला भएर विरोधमा उत्रिएका हुन्। लघुवित्तले घरमै आएर धाकधम्की दिन थालेपछि पीडितहरू संगठित हुन बाध्य भएका हुन् । उनीहरूले ‘लघुवित्त संस्था खारेज गर, ऋणी मार्ने काम बन्द गर’जस्ता नारा लगाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-२ सिमराकी कमला पौडेलले अहिलेसम्म ९ वटा लघुवित्त संस्थाबाट ऋण लिएकी छन् । उनले १ लाखको ऋण लिदा लघुवित्त संस्थाले ब्याजसहित ५ लाखसम्म असुल्ने गरेको बताएकी छन् । आफूले पटक-पटक किस्ता तिरे पनि साँवा रकम नघटेको उनी बताउँछिन् ।

समूह र बचत अनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गर्छ । १ लाख ऋण लिँदा बिमा, आपत्कालीन र सेवा शुल्क भनेर १० हजार काट्छन् । ऋणीको हातमा ९० हजार पर्छ । अर्का लघुवित्तबाट पीडित जीतपुरकी राम कोशिला देवीले रुँदै भनिन्,’मेरो छोराले लिएको ऋण तिरे पनि बैंकले घरमा आएर गाडी लिएर गएको सुनाइन्।

बारामा लघुवित्तबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसकेर घर छाडेर भाग्नेको सङ्ख्या हजारौँ पुगेको छ । लघुवित्त र सहकारीको ऋण मिटर ब्याज जस्तै छ । बैंकले कम ब्याजदरमा ऋण लगानी गरे पनि त्यसमा सर्वसाधारणको पहुँच छैन । प्रक्रिया नै झन्झटिलो छ । त्यसैले सर्वसाधारणले लघुवित्तबाट ऋण लिने गरेका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिकाको माना विश्वकर्मा पनि यती बेला आधा दर्जन लघुवित्तको पासोमा परेकी छन् । एक वर्ष पहिला लिएको ऋण तिर्न नसकेपछि अहिले उनले दिनकै लघुवित्तका कर्मचारीको गाली सुन्नु परेको छ । आफ्नो नाममा एक धुरसमेत जमिन नभएकी मना ऐलानी जग्गामा बस्दै आएकी छन् । उनी कहिले लेबर काम गर्छिन् भने कहिले सदरमुकाम कलैया र नयाँ बस्तीमा  दाउरा बेच्छिन् । लघुवित्तबाट कर्मचारी घरमा आउँदा जसरी भए पनि पैसा तिर्न मानसिक तनाव दिने गरेको उनले बताइन् ।

पैसाको अभावमा पिल्सिएका गरिब नागरिकसँग ऋणबारे सचेतना छैन । राज्य र वित्तीय निकायहरू यस्ता सचेतना अभियान चलाउँदैनन् । अनुत्पादनशील क्षेत्रमा ऋणको दुरुपयोग भइरहेको छ । अत्यावश्यक अवस्थामा मानिसले पाएको ऋण लिन्छन् तर उनीहरूसँग फिर्ता गर्ने उपाय र तरिका थाहा नहुँदा समस्यामा पर्ने गरेको लघुवित्त संस्था ज्यादतीविरुद्ध गठित सङ्घर्ष समितिका संयोजक कमलेश साह बताउँछन् ।

छिटो–छिटो ब्याज समेत सावाँमा जोडिँदै गएपछि आफ्नो ऋण कति पुग्यो भन्ने नै थाहा हुन छाड्छ । ‘ब्याज पनि सावाँमा जोड्यो भन्छन् ‘ऋण कति पुग्यो भन्नेबारे ऋणीहरूलाई थाहा नै हुँदैन ।’ उनले भने।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ११ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको