विवादमा नाइजेरियाको निर्वाचन | Khabarhub Khabarhub

विवादमा नाइजेरियाको निर्वाचन


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नाइजेरियामा भर्खरै सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट बोला अहमद तिलिबुले जित हात पारेको जनाइएको छ। तर, विपक्षी दल लगायत धेरैले यसमा धाँधली भएको तथा लाजमर्दो भएको गुनासो गरेका छन्। उनीहरूले निर्वाचन रद्दको माग गरेका छन्।

सत्ता पक्षले कानुनी मापदण्ड उल्लङ्घन गरेको आरोप उनीहरूले लगाएका छन्। तिलिबुको पक्षमा धाँधली गरिएको निर्वाचन रद्द गर्दै नयाँ आयोग गर्दै अर्को निर्वाचन हुनुपर्ने माग उनीहरूको छ।

उनीहरूको आरोपलाई निर्वाचन अयोग र तिलिबुको नेतृत्वमा रहेको सत्तारुढ अल प्रोग्रेसिभ कांग्रेस (एपीसी)ले असहमति जनाएका छन्। आरोप पुष्टि गर्ने कुनै आधार विपक्षीसँग नभएको उनीहरूको दाबी छ। तेस्रो स्थानमा रहेका लेबर पार्टीका नेता पिटर ओबी भने अदालत जाने भएका छन्।

नाइजेरियामा भर्खरै परिचित गराइएको विभास नामको इलेकट्रोनिक्स भोटिङ सिस्टम प्रयोग भएको थियो। यसमा नतिजामा गोलमाल गर्न कठिनाइ भएका कारण पारदर्शी पनि मानिन्छ। आयोगका कर्मचारीबाहेक अन्यले त्यसको सर्भरमा केही प्रभाव पार्ने सम्भावना पनि हुँदैन।
त्यसो त मतगणना अघि नै सामाजिक सञ्जालमा ह्याकरले त्यो सफ्ट वेयरलाई ह्याक गरेको राखिएको थियो। यसले नाइजेरियामा हल्लीखल्ली नै मच्चिएको थियो। सामाजिक सञ्जालमा राखिएको सो कुरालाई १४ लाखले हेरेका थिए।

निर्वाचन आयोग भने सो सफ्टवेयरमा अन्य कुनै कुराको प्रभाव पर्न नसक्ने भएकाले यसमा आशङ्का गर्न नहुने कुरामा अडिग छ। नतिजा अपलोड गर्न ढिला भएपछि पिपुल्स डेमोक्र्याटिक पार्टी (पीडीपी) र लेबर पार्टीसहित चार विपक्षी दलले यसमा आपत्ति जनाएका थिए। आयोगको पोर्टलमा विभिन्न हस्तक्षेप भएको आरोप उनीहरूको थियो।

एक लाख ७५ हजार निर्वाचन केन्द्रबाट सबै प्रतिनिधिले हस्ताक्षर गरेर सहमति भएपछि यसलाई तत्काल मत गणना सुरु गर्नु पर्ने कुरा आयोगको नियमावलीमा छ।

नतिजा राख्न ढिला भएपछि पीडीपीका उप राष्ट्रपतिका उम्मेदवार इफेनी ओकावा र लेबर पार्टीका समकक्षी प्रतिद्वन्द्वी युसुफ दाती बाबा अहमदले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेका थिए। उनीहरूले सत्तारुढ दलले सर्भर डाउन गराएको कुरामा सहमति जनाउनु आवश्यक रहेकोमा जोड दिएका थिए।

“सर्भर डाउन भएपछि कुरा सकियो। उनीहरूले निर्वाचन स्थगित गर्नुको कुनै विकल्प नै छैन।सर्भर डाउन भएको होइन भने उनीहरूले किन परिणाम अपलोड गर्न ढिलाइ गरे ? यसबाट नै उनीहरू पक्षपाती भएको कुरा प्रस्ट भएको छ ” विपक्षी नेताको दाबी छ।

निर्वाचन आयोगले प्राविधिक कारणले मतगणनाको परिणाम अपलोड गर्न ढिला भएकोमा क्षमा याचना गरेको छ। उनीहरूले साइडमा भएको नतिजा र यसको भौतिक स्वरूपमा हेरेर सबै कुरा गर्न सकिने जनाएको छ। आयोगले इन्टरनेट लगायत अन्य कारणले ढिला भएको जनाएको छ।

यसबाट मत परिणाम निकाल्नका लागि बायो मोडल भोटर एक्रिडेसन सेन्टर (विभास)मार्फत् मतदाताको विवरण निकाल्ने तथा अपलोड गर्ने काम गरिन्छ। त्यहाँ कर्मचारीलाई हटस्पट प्रयोग गर्न पनि भनिएको थियो।

सोही समयमा भएको संसदीय निर्वाचनमा भन्दा राष्ट्रपतिको निर्वाचनको परिणाम अपलोड गर्न ढिला भएको जनाइएको छ। यसमा आयोगले कुनै प्रतिक्रिया जनाएको छैन। पीडीपीका डिनो मलायालगायत प्रतिपक्षको नेतृत्व गर्नेले थप मतदान भएको आरोप लगाएका थिए। सुरुवातमा प्रकाशित त्यसै नतिजामा राष्ट्रपति तिनिबु अग्रणी रहेका थिए।

यसको आलोचना गर्दै निर्वाचन आयोगका प्रमुख मोहम्मद याकुबु एकतीमा राष्ट्रपतिको बलियो पकड रहेको बताउँछन्। सो स्थान नाइजेरियाको दक्षिणी क्षेत्रमा पर्छ। उनले दर्ता भएका मतदाता भन्दा कम मतदान भएको समेत बताए।

एकतीको परिणाम पाँच दिन अगाडि नै तयार भएको कुरा पनि सामाजिक सञ्जालमा आएको थियो। अयोगले यसलाई फेक न्युजको संज्ञा दिएको छ। केही स्थानमा झडप भएको तथा हिंसा भड्कन खोजेको कुरा पनि सामाजिक सञ्जालमा राखिएको छ। सबै भन्दा ठूलो प्रान्त लागोसमा त्यस्तो भएको थियो। लागोसमा ओबीले जित हात पारेका थिए। रिभर स्टेटमा भने तिनिबुले जितेका थिए।

त्यहाँ अपलोड गर्न पनि ढिला भएको थियो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमले त्यहाँ केही मत खरिदको घटनासमेत भएको जनाएको छ। युरोपेली युनियनका प्रतिनिधि बेरी एन्ड्रयस पनि संसदको मत परिणाम अपलोड गरेर राष्ट्रपतिको ढिलाइ गर्नु सन्देह लाग्दो भएको बताउँछन्। तथापि उनले कानुनी बाटोबाट विरोध नआएसम्म केही गर्न नै मिल्ने जनाएका छन्। यसका बाबजुद केही समस्या भएको कुरा भने उनी पनि स्वीकार गर्छन्।

च्यात्तिएका र बिग्रिएका थुप्रै मतपत्रको तस्बिर सामाजिक सञ्जालमा राखिएका छन्। त्यहाँ केही समस्या रहे पनि दुर्भावनापूर्ण भने केही पनि थिएनन्। एकतीको राजधानी एडो एकतीमा नतिजा पुनरावलोकन गर्ने माग सहित ठूलो विद्रोह भएको छ । यी सबै विरोधाभासपूर्ण अवस्थाको कारण प्रस्ट छैन। सायद आयोगका कर्मचारी पूर्ण रूपमा प्रशिक्षित नभएका कारण पनि त्यस्तो भएको हुनसक्छ। केही क्षेत्रको नतिजा भने सबैलाई आश्चर्यमा पारेको छ।

उत्तरमा रहेको सोतोकोमा अबु काबरले जिते भने दक्षिणको रिभर स्टेटमा तीनीबुले जिते। जबकी यी दुवै स्थानमा ओबीले सफलता पाउने अपेक्षा गरिएको थियो। गलत अपलोडले परिणाम नै असर परेको त होइन भन्ने आशंका अहिले धेरैलाई परेको छ। यो दुई प्रान्तको परिणामको कारणले पनि हो। एउटा अचम्मको संयोग के पनि देखिएको छ भने ढिला अपलोड गरिएको स्थानमा निर्वाचन परिणाम पनि अपेक्षा गरिए भन्दा फरक देखिएको छ।

निर्वाचन ऐन अनुसार हरेक स्थानमा दलका प्रतिनिधि, आयोगका कर्मचारी, हरेक इकाईका सुरक्षा अधिकारीको हस्ताक्षरपछि मात्र सबै काम सुरु हुने हो। यसको बारे सायद छानबिन हुने नै छ।

केही स्थानमा निर्वाचन स्थगनको माग पनि बढेको छ। सायद आयोग निर्वाचनको पक्षमा रहेका कारण त्यो सम्भावना कम देखिएको छ। थुप्रै समस्या भोगेको नाइजेरियामा इलेक्ट्रोल पद्धतीमा भएको मतदानमा पनि विवाद हुनु भनेको साँच्चै दुखद हो। स्रोत : बीबीसी

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ३४ बजे

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख