आत्मघाती गोलले म्याड्रिडमाथि बार्सिलोनाको जीत | Khabarhub Khabarhub

आत्मघाती गोलले म्याड्रिडमाथि बार्सिलोनाको जीत


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ

स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो ।

पहिलो हाफमा एडर मिलिसाओको आत्मघाती गोल नै निर्णायक बन्यो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका हुन् । त्यसमा अफसाइड रहेको भन्दै रेफ्रीले भिएआर चेक गर्दा अफसाइड नदेखिए पछि रेफ्रीले गोललाई मान्यता दिएको थियो ।

यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लिगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ५२ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास