अन्ततः घिमिरे बालुवाटारस्थित सभामुख निवासमै सर्ने « Khabarhub

अन्ततः घिमिरे बालुवाटारस्थित सभामुख निवासमै सर्ने


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन् ।

गत ५ माघमा सभामुख चयन भए पनि सभामुख निवास खाली नभएका कारण लोकन्थलीस्थित आफन्तको घरमा बस्दै आएका सभामुख घिमिरे मन्त्रीपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने भएका हुन्।

‘सोमवारको मन्त्रीपरिषद् बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ, आवश्यक प्रक्रिया पुरा गरेर रंगरोगनको काम सकिए पछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्नु हुनेछ, ’ घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भने ।

सभामुखको सो निवासमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आएका छन् । मन्त्रीपरिषद्को निर्णयसँगै राष्ट्रियसभा अध्यक्ष त्यहाँबाट कहाँ जाने भन्ने निर्क्यौल भइसकेको छैन। उनी अध्यक्षको पुरानै भवनमा बस्नेछन् वा यसअघि सभामुख अग्नि सापकोटा बसेको लैनचौर जानेछन् भन्ने टुंगिसकेको छैन ।

बालुवाटारमा प्रधानमन्त्री निवास भत्काएर नयाँ बनाउन थाले पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिवले प्रयोग गर्दै आएको बालुवाटारस्थित सरकारी निवासमा सर्नु परेको थियो भने तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्ब्यवहारको आरोपमा थुनामा गएपछि रिक्त रहँदै आएको सो भवनमा राष्ट्रियसभा अध्यक्ष सरेका थिए । त्यसबेला राष्ट्रियसभा अध्यक्ष बसेको भवनमा मुख्य सचिवलाई सारिएको थियो ।

तर, महरा थुनापछि रिक्त रहेको भवनमा अध्यक्ष तिमिल्सना बसिरहेका कारण त्यसपछि निर्वाचित भएर आएका सभामुख अग्नि सापकोटा भने बालुवाटारस्थित सरकारी निवासमा नबसेर लैनचौरस्थित निवासमा बस्दै आएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १० : १० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग