अस्मिता अधिकारीको ‘मुखै चिलाउनी’मा पुष्प र गीता « Khabarhub

अस्मिता अधिकारीको ‘मुखै चिलाउनी’मा पुष्प र गीता


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक रमण रेग्मी र गायिका अस्मिता अधिकारीको स्वर रहेको मुखै चिलाउनी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ । केशव राज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार मुखै चिलाउनी एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी हो हो ।

प्रेममा डुबेर खुशी खुशी जिन्दगी बिताउन चहाने प्रेमील जोडीको छमछम नचाउने गीतको कोरियोग्राफी पनि निर्देशक भट्टले नै गरेका हुन् । जसमा नायक तथा मोडल पुष्प खड्का र टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल गीत ढुंगानाको प्रेम रोमान्स देख्न सकिन्छ ।

काठमाडौंको कोटेश्वरका रमणले यसअघि घर त लगनखेल रिमेक, खुला जमिन, मेसो पाछैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाउँ जाउँ लाग्छ, लगायतका गीतका भिडियोहरु बजारमा ल्याइसकेका छन् । सार्वजनिक भिडियोको निर्माण सविना कुँवर रेग्मीले गरेकी हुन् ।

भिडियो हेर्नुस्

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ११ : १५ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको