बेमौसमी तरकारी खेतीमा रमाए मांग्रीवासी  « Khabarhub

बेमौसमी तरकारी खेतीमा रमाए मांग्रीवासी 


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा पछिल्लो समय किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरू पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

बेमौसमी तरकारी खेतीमा उत्पादनमा वृद्धि र आर्थिक उपार्जनमा पनि राम्रो देखिएकाले मुगूम कार्मारोङ गाउँपालिकाका किसानहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित देखिएका हुन् ।

सदरमुकामदेखि टाढा रहेका मह र मांग्री गाउँका महिलाहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । आयातित तरकारीको भरमा परेका लामा समुदायका नागरिकहरू पछिल्लो समय सङ्घ संस्थाको आर्थिक सहयोगमा मौसमी र बेमौसमी तरकारी खेती गर्ने गरेका हुन् ।

मुगुम कार्मारोङ गाउँपालिका–७ र ८ का र्फ लामा समुदायका महिलाहरू तरकारी खेती गर्दै आत्मनिर्भर बन्दै गएका हुन् । युनाईटेड मिसन टू कलष्टर (युएमएन) मुगुको आर्थिक सहयोग र करानी सामुदायिक विकास केन्द्र (केसीडीसी) मुगुको समन्वयमा उनीहरूले तरकारी खेती गरेका हुन् ।

आफ्नो ग्रिन हाउसमार्फत बेमौसमी हरियो सागपात, धनियाँ, प्याज जस्ता तरकारी उत्पादन गर्दै आइरहेको मुगूम कार्मारोङ गाउँपालिका–८ का किसान छेवाङ साङमु लामाले बताइन् । उनका अनुसार महिलाहरू तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १२ : २३ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप