टी–सिरिजको फिल्ममा अल्लू अर्जुन | Khabarhub Khabarhub

टी–सिरिजको फिल्ममा अल्लू अर्जुन


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मुम्बई– साउथ स्टार अल्लू अर्जुन बलिउडमा डेब्यू गर्ने खबरले केही समययता सामाजिक सन्जाल तातिरहेको छ ।

यसअघि उनी शाहरुख खानको फिल्म ‘जवान’मा अभिनय गर्ने चर्चा थियो, तर त्यो चर्चामै सीमित भयो । अल्लूले शाहरुखसँग सहकार्य चाहेनन् । अब भने अल्लूले निर्माता भूषण कुमार र ‘कविर सिंह’ निर्देशक सन्दीप रेड्डी बागासँग एक ठूलो बजेटको फिल्ममा हस्ताक्षर गरेका छन् ।

अल्लूसँग आधिकारिक रुपमा टी–सिरिजका मालिक निर्माता भूषण कुमार, प्रणय रेड्डी वांगा, सह–निर्माता शिव चानना र निर्देशक सन्दीपले सहकार्य गर्न लागेका हुन् ।

उनको नयाँ फिल्मको काम सन्दीपको फिल्म ‘स्पिरिट’को काम पुरा भएसँगै हुनेछ । ‘स्पिरिट’को निर्माण पनि टी-सिरिजले गर्दैछ । फिल्ममा प्रभास प्रमुख भूमिकामा छन् ।

फिल्मको नाम घोषणा गरिएको छैन । ‘पुष्पा’ फेम्ड अल्लूको नयाँ फिल्म ‘पुष्पा २’ सन् २०२३ मै रिलिज हुँदैछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ५ : १३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले