प्लाष्टिकजन्य सामाग्रीको विस्थापनमा नगरपालिका | Khabarhub Khabarhub

प्लाष्टिकजन्य सामाग्रीको विस्थापनमा नगरपालिका


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको राइनास नगरपालिकाले प्लाष्टिकजन्य वस्तुको विस्थापन गर्ने भएको छ । प्लाष्टिकजन्य वस्तुको विस्थापन गरी वातावरण मैत्री सामान प्रयोगमा ल्याउने तयारी थालेको नगरपालिकाले बुधवार  प्लाष्टिकजन्य वस्तुको विस्थापन दुना, टपरी तथा कपडाको झोला प्रर्वद्धन सम्बन्धी राय, सुझाव संकलन कार्यक्रम आयोजना गरेको छ ।

‘व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार’ भन्ने नाराका साथ भएको कार्यक्रममा पालिकाका विभिन्न समूह तथा सहकारीले उत्पादन गरेका सामाग्रीहरू प्रर्दशन गरिएको थियो । 

कार्यक्रममा राइनास नगरप्रमुख खड्ग बहादुर गुरुङले प्लाष्टिकजन्य वस्तुको विस्थापन गरी   स्थानीय स्तरमै उत्पादन गरिएको दुना, टपरी प्रयोगले वातावरणमा कुनै पनि असर नपर्ने र यसले स्थानीय स्तरमा रोजगारी पनि सृजना हुने बताए । नगरप्रमुख गुरुङले दुना, टपरी तथा कपडाको झोला बनाउने सहकारी तथा समुहलाई विशेष धन्यवाद दिदैँ यसमा नगरपालिकाको निरन्तर सहयोग रहिरहने प्रतिवद्धता समेत व्यक्त गरे । 

राइनास सम्भावना बोकेको ठाउँ भएकाले नगरको विकासको लागि सबै एकजुट हुनु पर्नेमा जोड दिदै नगरपालिकाले लिएको परिवर्तनको बाटोमा कसैले पनि स्वार्थ राख्न नहुने नगर प्रमुख गुरुङको भनाई थियो । नगरपालिकाले कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरू ल्याएको भन्दै कृषि उपज उत्पादनमा व्यवसायिकता सँगै  छिटै आत्मनिर्भर हुनेमा  नगरप्रमुख गुरुङले विश्वास व्यक्त गरे । 

कार्यक्रममा बोल्दै राइनास नगरपालिका उपप्रमुख पुष्पराज खनालले स्थानीयस्तरमै दुना, टपरी तथा कपडाको झोला उत्पादन हुदाँ महिलाहरू आयआर्जनमा जोडिने बताए । फुर्सदको समयलाई पनि सदुपयोग गरी आयआर्जनका काम गर्न सकिने भएकोले अतिरिक्त आयआर्जनमा लाग्न सबैलाई आग्रह गरे । 

दुना टपरी तथा कपडाको झोला प्रयोगमा ल्याउँदा आयआर्जन सँगै वातावरण प्रदुषणमा समेत कमी आउने उपप्रमुख खनालले विश्वास व्यक्त गरे। यसको उत्पादन, प्रयोगसँगै बजारको व्यवस्थापनमा समेत नगरपालिकाले पहल गर्ने उपप्रमुख खनालको भनाई थियो ।  

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमुख गोर्कणराज सुयलले राइनास नगरपालिका भित्रको फोहोर व्यवस्थापन गर्न तथा स्थानीय कच्चा पदार्थलाई अर्थमा परिणत गर्न पाएकोमा खुसी व्यक्त गरे । घरमा नै बसेर आफूले जानेको कामबाट पैसा कमाउन सकिने भएकाले नगरपालिकाले थालेको प्लाष्टिकजन्य सामाग्री विस्थापन कार्य सफल हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ३२ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

अमेरिकी करको प्रभाव घटाउन भारतद्वारा ५ अर्ब डलरको निर्यात प्रवर्द्धन योजना घोषणा

एजेन्सी– भारत सरकारले अमेरिकी उच्च भन्सार करको असर न्यून पार्दै

सीजीको साना घरायसी उपकरणले सार्वजनिक गर्‍यो एआई-सञ्चालित एयर फ्रायर

काठमाडौं– सीजीले नेपालकै पहिलो एआई-सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ

महेश बस्नेतको टिप्पणी : केपी ओलीको विकल्प खोज्नु राजनीतिक अपराध

दाङ– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केपी शर्मा ओलीलाई

पार्टीको महाधिवेशन गरेर विवादहरूको समाधान खोज्नुपर्छ : सहमहामन्त्री आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीको नियमित महाधिवेशन गरेर