आणविक हमलाको धम्की सह्य छैन : क्वाड « Khabarhub

आणविक हमलाको धम्की सह्य छैन : क्वाड


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको आयोजनामा क्वाड्रिल्याटरल सेक्युरिटी डाइलग (क्वाड) मा सम्मिलित चार देशका विदेशमन्त्रीहरुको बैठक दिल्लीमा सम्पन्न भएको छ ।

भारत, अमेरिका, जापान र अस्ट्रेलियाका विदेशमन्त्री सहभागी बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा इन्डो–प्यासिफिकको विकासमा आफ्नो प्रतिबद्धता कायम रहेको जनाइएको छ ।

यसअघि भारतमै आयोजित जी २० का विदेशमन्त्रीको बैठकमा संयुक्त घोषणापत्र जारी भएको थिएन । बैठकका क्रममा क्वाडका सदस्य राष्ट्रहरूले आणविक आक्रमणको धम्की सह्य नभएको जनाएका छन् ।

क्वाडका विदेशमन्त्रीको बैठकमा जापानका विदेशमन्त्री योशिमासा हायासी पनि सहभागी भएका थिए । उनी जी २० का विदेशमन्त्रीको बैठकमा भने सहभागी भएका थिएनन् ।

बैठकमा भारतका विदेशमन्त्री एस जयशंकर, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, हयासी र अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङ सहभागी थिए ।

बैठकपछि क्वाडमा सम्मिलित देशहरूले संयुक्त विज्ञप्तिमा स्वतन्त्रता, विधिको शासन, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूलाई दृढतापूर्वक समर्थन गर्ने उल्लेख गरिएको छ ।

बैठकमा स्वास्थ्य सुरक्षा, जलवायु परिवर्तन र स्वच्छ ऊर्जा, प्रविधि, पूर्वाधार र कनेक्टिभिटी जस्ता समसामयिक चुनौतिहरूबारे छलफल भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ३६ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष