चितुवा बोकेको तस्बिर भाइरल हुँदै « Khabarhub

चितुवा बोकेको तस्बिर भाइरल हुँदै


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वतमा आज एउटा गाउँमा चितुवा भेटियो । त्यसको केहीक्षणमा नै मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ । पर्वतवासीको साहस र बहादुरीलाई कथा बनाएर तस्बिर एकपछि अर्को गर्दै फेसबुकमा राख्ने सिलसिला रोकिएको छैन ।

‘के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका हुन् त ?’ सामाजिक सञ्जालमा जिउँदो चितुवा भन्दै बोकेर खिचाएका भाइरल तस्बिर प्रहरीले झुटो भएको बताएको छ । बिहान १० बजेतिर फलेवास नगरपालिका–२ थापाठानाको गहतेमा गाउँलेले चितुवा देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो ।

“हामी १० बजे आसपासमा चितुवा भएको ठाउँमा पुगेका थियौँ । बेहोस अवस्थामा रहेको चितुवा एकैछिन पछि जुरुक्क उठे पनि धानिन नसक्ने भएकाले यताउति गर्दै बारीको कान्लामुनि खस्यो”, कार्कीनेटा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु अधिकारीले भने, “त्यसको १० मिनेटपछि चितुवा म¥यो । त्यहाँ वरिपरि रहेका युवामा मरेको चितुवा उचाल्दै फोटो खिच्न तँछाडमछाड नै भयो । चितुवाको मुचुल्का उठाउँदा त्यस्तो बाहिरी घाउ चोट केही देखिएको छैन ।”

डिभिजन वन कार्यालय पर्वतको टोलीले घटनास्थल पुगेर मृत्यु भएको चितुवालाई कार्यालयमा ल्याइपु¥याएको छ । कार्यालयले चितुवा बूढो भएर सिकार गर्न नसक्ने भएपछि मरेको हुन सक्ने बताएको छ । “चितुवा २० केजी जतिको छ”, निमित्त वन अधिकृत विष्णुप्रसाद अधिकारीले भने, “बुढ्यौलीले सिकार गर्न सक्ने तागत नहुनु र वन जङ्गलमा चितुवाका लागि आहार नभेटिँदा कमजोर भएर मरेको हो भन्ने देखिन्छ ।”

एक वर्षअघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहामा पठाइएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रका भेटेरिनरी टिम तथा वन्यजन्तु प्राविधिकको उपचार र स्याहार सम्भारपश्चात् चितुवा तन्दुरुस्त भएकाले निकुञ्ज छेउको जङ्गलमा छोडिएको थियो ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ४० बजे

पुराना गाडीलाई विद्युतीय रुपान्तरणका लागि अनुमति दिने तयारीमा सरकार

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालमा रहेका

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौं – बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक

आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगमा दर्ता भएका

ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चार घर जले

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा आगलागी हुँदा चार

दोलखाकाे मिर्गेमा भालु आतंक, नियन्त्रण टोली खटाइँदै

दोलखा- पछिल्लो केही दिनदेखि दोलखाको वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकामा