अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन मन्त्री श्रेष्ठ दोहा प्रस्थान « Khabarhub

अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन मन्त्री श्रेष्ठ दोहा प्रस्थान


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ दोहा प्रस्थान गरेका छन् ।अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ दोहा प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण स्थगित भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो ।

उपपधानमन्त्री श्रेष्ठ नेतृत्वको टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत रहनेछन । फागुन २१ गतेदेखि २५ गते सम्म दोहामा सो सम्मेलन हुनेछ । श्रेष्ठ फागुन २३ गते स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : ०२ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक