भोट माग्दै सबै सांसद र प्रदेशसभा सदस्यलाई पौडेलको पत्र | Khabarhub Khabarhub

भोट माग्दै सबै सांसद र प्रदेशसभा सदस्यलाई पौडेलको पत्र


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति पदका साझा उम्मेदवार पूर्वसभामुख रामचन्द्र पौडेलले भोट माग्दै सबै सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई पत्र लेखेका छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उनले आफूलाई मतदान गरी विजयी गराउन अपिल गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य तथा सातै प्रदेशका प्रदेशसभा सदस्यलाई पत्र पठाएका हुन् । “नेपालका सबै मानिसको नैसङ्र्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि सङ्घर्षको बेडा उठाउँदै आए । फलतः निर्दलीय निरङ्कुुश सत्तासँग म अलिकति पनि झुकिन र पञ्चायतको ३० वर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ । बहुदलीय व्यवस्थाको पुनरागमन पछिका सत्ताका दिनमा पनि कही कतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधिनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दुर कोसिस गर्दै आएको छु”, उनले पत्रमा उल्लेख गरेका छन् ।

शान्ति वार्ताको क्रममा होस् वा संविधान निर्माण क्रममा होस् नेपाली जनताको मानवअधिकार, स्वतन्त्रता, दीगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई आफ्नो लक्ष्य र उद्देश्य बनाउँदै आएको पूर्वसभामुख पौडेलको भनाइ छ ।

आफू नेपालको वास्तविकतामा आधारित विकासको नमूना (मोडेल) अपनाउनुपर्छ भन्ने ठानेको गरेको उल्लेख गर्दै उनले बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार गाउँगाउँमा पुगिसक्दा पनि त्यहाँबाट बसाइ सर्ने क्रम नरोकिएको र देशबाटै प्रतिभा र जनशक्तिको पलायन बढ्दै गएको अवस्थामा गाउँ गाउँमै रोजगारी र आम्दानीको अवस्था कसरी सिर्जना गर्ने भनेर चिन्तित रहेको बताएका छन् ।

राजनीतिक विचारधाराको द्वन्द्वमा अल्मलिन नपरोस् भनेर समाजवादको सार ‘निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा सिद्धान्त हुन सक्छ भनेर अपिल गर्दै नेता पौडेलले नेपाली जनतामा खुसियाली ल्याउने विकास हासिल गर्ने मुख्य आधार भनेकै स्थायित्व र सुशासन हो भन्ने आफ्नो अटल विश्वास रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : ४७ बजे

भारतद्वारा मस्कको स्टारलिंकलाई लाइसेन्स प्रदान

एजेन्सी– नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान

माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

चितवन– यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ

कोरियाबाट फर्केर व्यावसायिक खुर्सानी खेतीमा

भोजपुर– कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं–  समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित

इजरायली दूतावास अगाडी मानवअधिकार तथा शान्ति समाजको प्रदर्शनी (तस्बिरहरू) 

काडमाडौं– मानवअधिकार तथा शान्ति समाजले आज इजरायली दूतावास अगाडी शान्तिपूर्ण