जसपाको अन्तर्घात छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिइँदै « Khabarhub

जसपाको अन्तर्घात छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिइँदै


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले आमचुनावमा पार्टीमा अन्तर्घात भएकाबारे छानबिन गरेको प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको जनाइएको छ ।

पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाको संयोजकत्वमा गठित उक्त कार्यदल आफ्नो स्थलगत अध्ययन सकेर हाल काठमाडौँ फर्किएको छ । आगामी हप्ता पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सो प्रतिवेदन बुझाउने तयारी भइरहेको संयोजक थापाले जानकारी दिए ।

चुनावमा अन्तर्घात भएको विवरण प्राप्त भएको र थुप्रै नेता त्यसमा दोषी देखिएको जनाइएको छ । दोषीमाथि कारबाहीका लागि सिफारिससहित पार्टीमा प्रतिवेदन बुझाइने संयोजक थापाले बताए । छानबिन समितिले तयार पारेको प्रतिवेदनमा कति जना दोषी छन् भन्ने छान्ने काम अझै नसकिएकाले नाम भन्न नसकिने बताइएको छ ।

जिल्ला जिल्लामा लिइएको बयान तथा कार्यदललाई प्राप्त बयानलाई भिडाउने काम भइरहेको र त्यसको आधारमा दोषी ठहर गरी कारबाहीका लागि सिफारिस गरिने संयोजक थापाको भनाइ छ । कारबाहीस्वरूप पार्टीबाट निलम्बन तथा निष्काशनसम्मको सिफारिस हुन सक्ने बताइएको छ ।

विसं २०७४ को चुनावमा पनि पार्टीका कार्यकारिणी समिति सदस्य रणध्वज कन्दङ्वाको संयोजकत्वमा अन्तर्घात छानबिन गर्न कार्यदल गठन भएको थियो । तर उक्त कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनमा नआएका कारण यो प्रतिवेदन पनि कार्यान्वयन हुनेमा नेताहरूले आशङ्का गरेको बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १० : ४० बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान

जर्सिङपौवा दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका- ३, लप्सीफेदीस्थित जर्सिङपौवा–साँखु सडकखण्डमा भएको बस

ओली र लिङ्देनबीच भेटवार्ता

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय

कुलमानले मन्त्रीबाट राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदबाट