रवि चितवनमा उम्मेदवारी दर्ता गराएर तनहुँ पुग्ने « Khabarhub

रवि चितवनमा उम्मेदवारी दर्ता गराएर तनहुँ पुग्ने


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनहुँ जाने भएका छन् ।

सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराका अनुसार सभापति लामिछाने चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ–२ मा मनोनयन दर्ता गर्ने क्रममा उपस्थित हुने भएका हुन्।

उनका अनुसार आज बिहान ९ बजे भरतपुर महानगर– ११ विशाल चोकस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यालयमा भेला हुने र त्यहाँबाट ९:३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १० बजे मनोनयन दर्ता गर्ने समय तालिका बनाइएको छ । ‘त्यस पछि २ बजे सभापति तनहुँको दमौलीमा पुगेर स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुने तालिका रहेको छ,’  उनले भने ।

बारा– २ मा रमेश खरेलको उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रममा भने पार्टी उपसभापति डोरप्रसाद अर्याल बारा जानेछन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : ०७ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको