राज्य प्रणाली सक्रिय भए मात्र शिक्षामा परिवर्तन हुन्छ | Khabarhub Khabarhub

राज्य प्रणाली सक्रिय भए मात्र शिक्षामा परिवर्तन हुन्छ

ग्रेडिङ प्रणाली वैज्ञानिक छ


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी छ। पछिल्लो समय ग्रेडिङ प्रणालीका कारण देशको शिक्षा प्रणालीमा कस्तो असर परेको भन्दै आलोचना भइराखेको छ। फेल हुने डर नभएकाले विद्यार्थीको पढाइ कमजोर भएको विभिन्न अध्ययनले देखाएका छन्। के ग्रेडिङ प्रणालीले पढाइ कमजोर पारेको छ ? शिक्षालाई कसरी राम्रो बनाउन सकिन्छ ? यी र यस्तै विषयमा काठमाडौं बनहार्ट माध्यमिक स्कुल र कलेजका प्राचार्य अमृत बाबु भट्टसँग प्रभा थापाले गरेको कुराकानी सम्पादित अंश :

काठमाडौंको बनाहार्ट विद्यालय तथा कलेज अहिलेको समयमा कसरी सञ्चालन भइरहेको छ ?

यो विद्यालय अहिले २३ औँ वर्षमा प्रवेश गरेको छ । नेपालको ७३/७४ वटा जिल्लाबाट बच्चाहरू ठूलो संख्यामा लगभग २५ सय बढी विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । यहाँ १२ कक्षासम्म पढ्न आउने गरेका छन्। अहिलेसम्म शैक्षिक क्षेत्रमा सकारात्मक रूपमा अगाडि बढेको छ ।

तपाईं कसरी यो क्षेत्रमा लाग्नुभयो ?

२५–२६ वर्षदेखि नै यो क्षेत्रमा रहेर कार्य गरेको छु । नेपालको अहिलेको शिक्षा प्रणालीमा रहेर काम गरिरहेको  छु । म कानून, शिक्षाशास्त्र र अर्थशास्त्रलाई लिएर पढेको व्यक्ति हुँ ।

पछिल्लो समयमा ग्रेडिङ प्रणालीले के कस्तो असर पारेको छ ?

ग्रेडिङ प्रणालीमा गएको भनेको इन्डियाको कारणले हो । तर अहिले इन्डियामा त्यो प्रणाली हटाइएको छ। ग्रेडिङ एक हिसाबले वैज्ञानिक प्रणाली हो । त्यसमा १२ नम्बरको तलमाथिले कसैलाई असर पर्दैन । फेरि ग्रेडिङ प्रणालीमा ९९ प्रतिशत हुनुपर्छ भन्ने पनि छैन । त्यो भने गलत हो। त्यसले लेभललाई सही रूपमा लैजाने हुन्छ। तर पनि यसमा असर भने धेरै रहेको छ। पढाई लेखाइमा बच्चा आएपछि त्यसले कुन रूपमा अध्ययन गरेको हो भन्ने कुरामा ध्यान दिनुपर्छ। अध्ययनका रूपमा व्यावहारिक र व्यवसायिक भएर मात्र हुँदैन। अनुसन्धानको विषयमा खोज गर्नु अति जरुरी रहेको हुन्छ।

९० प्रतिशत भन्दा माथि आएन भने छात्रवृत्तिमा कस्तो असर पर्न जान्छ, के लाग्छ ?
स्कुल कलेजले छात्रवृत्तिको लागि पोजिसनको आधारमा मात्र हेर्दैनन्। हामीले नम्बरमा एउटा आधार मान्ने, इनट्रान्स टेस्ट, विद्यालयमा भएका क्रियाकलापका आधारमा भर पर्न जान्छ। राज्यले सकारात्मक कार्य अर्थात् गतिविधिलाई सुधार्ने कार्यमा लाग्नुपर्छ। व्यक्तिले चलाएका संस्थालाई राज्यले पुरै जिम्मेवार बनाउनुपर्छ।

सरकारी र निजी विद्यालयमा के कस्ता फरक छन् ? जसमा सरकार नै अलमलमा किन परेको हो ? सरकारले नीति बलियो बनाउन किन सकेको छैन ?
राज्य व्यवस्थाले हामी कुन मोडलको अर्थतन्त्र चलाउँदै छौँ भन्ने कुरामा प्रस्ट पार्नुपर्ने हुन्छ। हामीले चाहेको मिश्रित अर्थतन्त्र नै हो। जसमा अस्पताल, स्कुल कलेज जस्ता अन्य संस्था रहेका छन्। अहिले हामीले सोचको जस्तो केही कार्य भएको हो जस्तो मलाई लाग्दैन। हामीले सबैलाई मिलाएर सकारात्मक रूपमा अगाडि बढाएर लैजानुपर्छ जस्तो लाग्छ। मुख्य नतिजा भनेको हाम्रो बच्चा जुनसुकै स्थानमा निडर भएर उभिन तथा त्यहाँ भएको कार्यमा दक्षताका साथ अगाडि बढ्न सक्ने बनाउने हाम्रो दायित्व हो। त्यसमा सरकारले भरपुर साथ र राज्य प्रणाली सक्रिय भएर लाग्नुपर्छ अनि मात्र शिक्षा क्षेत्रमा परिवर्तन हुनजान्छ जस्तो मलाई लाग्छ।

नेपालमा सस्तो र सुलभ हुनुपर्ने प्राथमिक शिक्षा नै महंगो भएको कारण गरिब परिवारका सदस्य शिक्षाबाट नै बञ्चित हुनुपर्ने अवस्था आएको गुनासो छ, के भन्नुहुन्छ ?
निजी विद्यालयको समस्या धेरै छन्। त्यसमा अहिलेको परिस्थिति अनुसार मान्छेको जीवन नै महंगो भएको अवस्थामा हामीले केही भन्न सक्ने अवस्था हुँदैन। शिक्षालाई सहज बनाउने कुरामा सरकारको ध्यानाकर्षण हुनुपर्छ। यो सरकारी र निजी क्षेत्रलाई राज्यले नै मिलाएर अगाडि लानुपर्ने हुन्छ। यो शिक्षा क्षेत्र महंगो भयो भन्न मिल्छ जस्तो मलाई लाग्दैन।

आफ्नो विद्यालयमा सुरुको अवस्था र अहिलेको अवस्थामा के फरक पाउनु हुन्छ ?
यो शिक्षामा भएको पछिल्लो समयको सिकाइमा भएको समस्या नै हिजोको जस्तो परिवारको संरचना छैन। किनकी परिवारमा सबै सदस्य एकै स्थानमा एकसाथ रहेको कम मात्रामा रहेको छ। अहिले भन्दा पहिले नेपाली समाज सरल र सहज खालको थियो। अहिले त्यसमा धेरै मात्रामा कम भएको देखिन्छ। अहिलेको बच्चामा सिकाई भन्दा घोकाइमा बढी फोकस दिएको छ। त्यो गलत हो।

शिक्षाको प्रणाली र नीतिमाथि पनि प्रश्न उठ्ने गरेका छन्। यसमा तपाईंको धारणा के छ ?
१२ कक्षासम्मको पाठ्यक्रम परिवर्तन भएर आएको छ। सिकेको सिकाइलाई कुन रूपमा लिने भन्ने कुरा पनि हुन्छ। आफूले सिकेका कुरालाई बच्चाले कसरी लिएको छ भन्ने पक्षलाई ख्याल गर्नुपर्छ। त्यसको पालना गराउनुपर्छ। तालिमको प्रक्रियाबाट उनीहरूलाई विकास गराउँदै लानुपर्ने हुन्छ।

तपाईंको विद्यालयमा कस्तो शिक्षा दिनुभएको छ ? त्यहाँको व्यवस्थापन कस्तो छ ?
सामान्य रूपमा बच्चाहरूले आफूले गरेको चिजको बोध गरेर त्यसको समाधान तिर लैजान सक्नुपर्छ जस्तो लाग्छ। बच्चामा डर, धम्की दिएर, तर्साएर उनीहरूले पढ्ने अवस्था नरहेको अवस्था छ। मुख्य कुरा बच्चालाई प्रोत्साहन दिएर बोध गराएर अगाडि बढाउने हाम्रो प्रयास हो। बच्चालाई समस्यासँग लड्न सक्ने हिसाबले बोध गराउने गरेका छौँ।

विद्यार्थीले कस्तो शिक्षा खोज्छन् अथवा विद्यार्थीको मनोविज्ञान कस्तो पाउनु हुन्छ ?
परिवारमा भएको संरचनाअनुसार बच्चामा धेरै भिन्नता पाइन्छ। बढी आर्थिक स्थिति राम्रो भएको परिवार र नाजुक अवस्थामा रहेको परिवारमा धेरै फरक हुन्छ। किनकी भाषामा नै परिवर्तन हुन्छ। त्यस कारण समाजमा भएका सबै बच्चामा एकै किसिमको भाव व्यक्त हुने स्थान नै विद्यालय हो भन्ने मलाई लाग्छ। सरकाले शिक्षामा गरेको लगानी प्रत्यक्ष रूपमा जुन कार्यका लागि छुट्टाएको हो त्यसमा नै हुनुपर्छ जस्तो मलाई लाग्छ। अहिलेको थिति नै सहज भएको छैन। राज्यले नै बच्चालाई यहाँ नबस विदेश जाऊ भने जस्तो लाग्छ। विश्वविद्यालयको रिजल्ट पनि वर्ष दिनसम्म आएको हुँदैन। सरकारको नीति नै नभएको हो जस्तो मलाई लाग्छ। नेपाललाई विदेशमा जस्तै शिक्षा नीति तथा शिक्षाले हाम्रो सकारात्मक रूपमा अगाडि बढ्न सक्नुपर्छ जस्तो लाग्छ। (एभिन्युजसँगको सहकार्यमा तयार कुराकानी)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १० : ३४ बजे

म्याग्दी पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

म्याग्दी– म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा

कांग्रेस संसदीय दलको बैठक सुरु, के गर्ला निर्णय ?

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

माछा कुदेर समुद्रमा छाल उठ्दैन

भँगेराले धान खाएर उत्पादन कम भएको कारण देखाइ सन् १९५८

खोटाङमा १४३ जनाको आँखाको शल्यक्रिया

खोटाङ– नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा

चर्चामा १२ भाइ : गृहमन्त्रीदेखि गोविन्द केसीसम्म

काठमाडौं- पछिल्लो समय नेपालको राजनीति उतारचढावपूर्ण, विवादास्पद एवं बैरागलाग्दो देखिएको