उपचुनाव केही नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङ नबनाऔँ : बाबुराम भट्टराई « Khabarhub

उपचुनाव केही नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङ नबनाऔँ : बाबुराम भट्टराई


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्न नहुने बताएका छन् ।

वैशाख १० गते उपनिर्वाचनका लागि तनहुँ–१, चितवन–२ र बारा–२ मा उम्मेदवारी दर्ता हुनुअघि उनले सामाजिक सञ्जालमार्फत विचार पुर्‍याएर भोट हाल्न मतदातालाई अपिल गरेका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै भट्टराईले उपचुनाव केही नेतालाई सत्तामा पुर्‍याउन लाइसेन्स दिने कर्मकाण्ड नभएको बताएका छन् । मंसिर ४ गतेको निर्वाचनमा सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग झण्डै १५ हजार मतान्तरले पराजित यादव यसपटक बारा-२ बाट उपचुनाव लड्न थालेपछि भट्टराईले आपत्ति जनाएका हुन्।

‘चुनाव केही वर्ष-महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन्, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर हो’, भट्टराईले भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव-उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दै छ, रोकौँ।’ उनले ट्वीटरमा लेखेका छन्।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १० : २८ बजे

न्यायिक क्षेत्रमा अर्को उपलब्धि : सुशीलापछि सपनाले गर्दैछिन् सर्वोच्च अदालतको नेतृत्व

काठमाडौं- नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको

ऊर्जा मन्त्रालयमा `सुशासन एकाइ´ गठन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप

बालेनको ‘जय महाकाली’ : ६ वर्षअघिको फ्लप गीत रि–रेकर्ड गर्दा राख्यो कीर्तिमान

काठमाडौं – बालेन र्‍याप ब्याटलबाट चर्चामा आए पनि कतिपय गीत

सिंहदरबारमा प्रतिनिधि सभाका ६ दलको बैठक

काठमाडौं- सरकारले संसद् बैठक डाकेपछि गत फागुन २१ गतेको निर्वाचनबाट

दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज दुई वटा