हलिउड अभिनेत्री निकोलको सिरिजमा इशान « Khabarhub

हलिउड अभिनेत्री निकोलको सिरिजमा इशान


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा चार वर्षअघि करियर सुरु गरेका अभिनेता इशान खट्टरले कम समयमा नै आफ्नो पहिचान बनाइसकेका छन् ।

अभिनेता शाहिद कपूरका भाइ इशानको ग्ल्यामर उद्योगमा पुरानो साइनो छ । तर ठूलो पर्दामा अभिनय गरेपछि उनी फरक किसिमका दर्शक बनाउन सफल भए । यिनै अभिनेता अब हलिउड अभिनेत्री निकोल किडमेनसँग सहकार्य गर्दै छन् ।

इशानका अनुसार एक हलिउड वेब सिरिजका लागि निर्माण पक्षले स्टारकास्ट फाइनल गरिसकेका छन् । जसमा अभिनेत्री निकोल किडमेनको प्रमुख भूमिका रहनेछ । सिरिजमा इशान सह–चरित्रमा देखिनेछन् ।

‘द परफेक्ट’ नाम रहेको सिरिज इलन हिल्डरब्रेंडको उपन्यासमा आधारित छ । यसअघि ‘धड्क’ अभिनेताले ‘डोन्ट लुक अप’मा केमियो गरेका थिए ।

सिरिजमा इशानले एक दुलाहाको मिल्ने साथीको भूमिकामा अभिनय गर्दै छन् । जबकि दुलाहाको भूमिका अभिनेता बिली होवेलले निर्वाह गर्दै छन् ।

सिरिज नेटफ्लिक्सबाट प्रसारण हुनेछ । जसमा डकोटा फनिङ, मेघन फही र इसाबेल अदजानीको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १२ : ५५ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो