दैलेखमा जिप दुर्घटना हुँदा १४ जना घाइते « Khabarhub

दैलेखमा जिप दुर्घटना हुँदा १४ जना घाइते


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दैलेखमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटका लागि छुटेको जिप दैलेखको आठबिस नगरपालिका १ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।

उक्त जिपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ । जिपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते २ जनाको अवस्था गम्भीर हेकोर र अन्य १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुको उद्धार गरी सुर्खेततर्फ पठाइएको छ ।

घाइते हुनेमा २० वर्षीय मनिसा बोगटी, ५५ वर्षीय गोपिकला बिष्ट, ७ वर्षीय बसन्त बुढा, ६ वर्षीय अखिल बुढा, ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीय दुर्गा बोगटी, ७ वर्षीय प्रतिक्षा बटला, १४ वर्षीय सरद बिष्ट, ६ वर्षीय राजकुमार बोगटी, ६ वर्षीय स्वस्तिका बोगटी, १२ वर्षीय कल्पना सहकारी, ५ वर्षीय भुवन बटाला, १२ वर्षीय सुबास सहकारी र २४ को धन बहादुर बटाला रहेका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : २५ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना