ताप्लेजुङमा दुई जनाको शव फेला « Khabarhub

ताप्लेजुङमा दुई जनाको शव फेला


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताप्लेजुङमा दुई जना पुरुषको शव फेला परेको छ । सदरमुकामसमेत रहेको फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकामा गरी दुई जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोला किनारमा रौतहट, चन्द्रपुर नगरपालिका–१ का ३६ वर्षीय विशाल थापाको शव भेटिएको हो ।

सोमबार बिहान खोला किनारमा मृत फेला परेका थापा काबेली–३ जलविद्युत जलविद्युत आयोजनाको एक्स्काभेटर चालक भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

यस्तै, फुङ्लिङ नगरपालिका–२ देवलिङ्गेका ३४ वर्षीय कुमार बिक नजिककै सिम्ले सडक खण्डमा मृत भेटिएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ६ : १८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप