फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु « Khabarhub

फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फिलिपिन्सका सुरक्षा बल र विद्रोही लडाकुहरूबीच भीडन्त हुँदा एकजना सैनिक सहित चार जनाको मृत्यु भएको छ । त्यसैगरी भीडन्तमा दुई सैनिक घाइते भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।

सेनाका लेफ्टिनेन्ट कर्नेल हेक्टर इस्टोलासले जनाएअनुसार सेना र प्रहरीले मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तमा शुक्रबार न्यु पिपुल्स आर्मी (एनपीए) र विद्रोही बीच दुई पटक झडप भएको र जसमा एक सैनिकको मृत्यु भएको र दुई जना घाइते भएका छन्।

पुलिस ब्रिगेडियर जनरल एलन नोबलेजाले दक्षिणी फिलिपिन्सको लानाओ डेल सुर प्रान्तमा आइतबार छापा मार्ने क्रममा आपराधिक समूह दावलाह इस्लामियाका सदस्यहरूसँग पनि झडप भएको र तीन आतङ्ककारीको मृत्यु भएको बताएका छन् ।

यहाँ विद्रोहीहरू सन् १९६९ देखि सरकारसँग लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गर्दै सेनासँग झडप जारी राखेका छन् । सैन्य तथ्याङ्क अनुसार एनपीएमा दुई हजार सदस्यहरू छन्।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ०८ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक