मोटरसाइकल दुर्घटनामा बालकको मृत्यु, दुई घाइते « Khabarhub

मोटरसाइकल दुर्घटनामा बालकको मृत्यु, दुई घाइते


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको दैजी–बेल्डाडी सडक खण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

बेल्डाडीबाट महेन्द्रनगरतर्फ आइरहेको सुपप्र ०२–००३ प ४६७१ नम्बरको मोटरसाइकल बेदकोट १० मा नालामा खस्दा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले दुर्घटनामा परी बेल्डाडी गाउँपालिका–४ का अमरबहादुर ठकुरीका अन्दाजी आठ÷नौ वर्षीय छोरा इस्बन्धन ठकुरीको मृत्यु भएको बताए ।

दुर्घटनामा परी मोटरसाइकल चालक टेकेन्द्रप्रसाद भट्ट र बाह्र वर्षीय अर्चना जोशी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी बालिकालाई थप उपचारका लागि महाकाली प्रादेशिक अस्पतालले धनगढी रिफर गरेको प्रहरीले जनाएको छ ।

“घटनाको विस्तृतमा अनुसन्धान हुँदैछ ।” प्रवक्ता डाँगीले भने, “अर्धचेत अवस्थामा रहेका घाइते मोटरसाइकल चालकको महाकाली अस्पतालमै उपचार हुँदैछ ।” प्रहरीका अनुसार मृतक बालकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ४२ बजे

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद