बैतडीमा जिप दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

बैतडीमा जिप दुर्घटनामा एक जनाको मृत्यु


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बैतडी – जिल्लाको पञ्चेश्वर गाउँपालिकामा जिप दुर्घटनामा हुँदा एकको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । गणमेश्वरबाट देहीमाडौँतर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप पञ्चेश्वर–५ तिलकपुर भिटा भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी पञ्चेश्वर–५ का ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । घाइते हुनेमा पञ्चेश्वर–६ रोडीका ६९ वर्षीय नरेन्द्रसिंह भण्डारी, पञ्चेश्वर–५ मस्नेटाका ३३ वर्षीया निर्मला पन्त, सोही ठाउँका ८९ वर्षीय गोकुलदत्त भट्ट, ३३ वर्षीय रामप्रसाद भट्ट, ६२ वर्षीया जसुदेवी भट्ट, चार वर्षीय मोहित भट्ट, ३५ वर्षीया मीना भट्ट, ३३ वर्षीय राजेन्द्र भट्ट, २८ वर्षीया तुलसी भट्ट, २३ वर्षीया कुन्ती भट्ट, ३४ वर्षीय केशव भट्ट, ५५ वर्षीया ललिता भट्ट र तीन वर्षीय रोशन भट्ट रहेका छन् ।

पञ्चेश्वर–६ सेलीका २२ वर्षीय चालक राकेश कोली पनि घाइते भएका छन् । घाइतेमध्ये कुन्तीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । ब्रेक फेल भएर दुर्घटनामा परेको जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ । जिप दुर्घटनापछि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायत सुरक्षा निकायको टोली घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : १८ बजे

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच