मध्यपूर्वी पृतनामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न « Khabarhub

मध्यपूर्वी पृतनामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टरअन्तर्गत बर्दिवास सैनिक शिविर, महोत्तरीमा भूतपूर्व सैनिक सम्मेलन, २०७९ सम्पन्न भएको छ ।

सम्मेलनको आज उद्घाटन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्र सेवा तथा नेपाली जनताको सुख–दुःखमा साथ रहनु नै नेपाली सेनाको मूलमन्त्र भएको बताए । उनले नेपाली सेना बलियो हुनु भनेको देश बलियो हुनु भएको बताए ।

सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरी गरी जम्मा आठ जिल्लामा बसोबास गर्ने करिब दुई हजार भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागिता रहेको थियो ।

सम्बोधनकै क्रममा प्रधानसेनापतिले भूतपूर्व सैनिकको जीवनलाई थोरै भए पनि सरल, सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताए । सम्मेलनमा रौतहट निवासी ९३ वर्षका सिपाही डिल्लीबहादुर खड्का (अ.प्रा) र स्व सिपाही महिन्द्रप्रसाद उपाध्याय (अ.प्रा) की श्रीमती सिराहा निवासी ९३ वर्षकी श्रीमती दानकुमारी कोइरालालाई सम्मान गरिएको थियो ।

यसैगरी सर्वोत्कृष्ट लघुउद्यमी÷व्यवसायीहरू दुई जनालाई प्रशंसा–पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा चार वा सोभन्दा बढी सन्ततिहरू नेपाली सेनामा रहेका तीनजना अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त १० जनालाई ह्विल चेयर, वैशाखी तथा आर्थिक सहयोग र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरूलाई कर्जाको चेक वितरण गरिएको थियो ।

मधेश प्रदेशका हरेक जिल्लाबाट सर्वसाधारण नागरिकका जेहेन्दार एक छोरा र एक छोरी गरेर जम्मा १६ जनालाई सैनिक विद्यालय बर्दिवासमा पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने जानकारी उनले गराए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १० : ०४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर